अनेरास्ववियु म्याग्दीद्वारा म्याग्दी बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटि गठन

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत जिल्लाको अंग्रणी शैक्षिक संस्था म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार क्याम्पस प्रारम्भिक  कमिटि गठन गरेको छ ।

बिबिएस प्रथम बर्ष सेक्सन ‘ए’ मा बुद्धी प्रसाद आचार्यको अध्यक्षतामा अमिसा बानीयाँ उपाध्यक्ष, रोजिना पौडेल सचिब, टेक कुमारी घर्ती सहसचिव, र सचिन पौडेल कोषाध्यक्ष रहको ३५ सदस्यीय कमिटि गठन गरिएको छ । त्यस्तै शिक्षा शंकाय तर्फ डोल्मा बिश्वकर्मा को अध्यक्षतामा उपाध्यक्षहरु मनिषा परियार, बिमल बानीयाँ, मेनुका तिलिजा, सचिव बिनिता बिश्वकर्मा, सहसचिव मनिषा हमाल, शिला शर्मा, रबिना दर्जी, कोषाध्यक्ष छिमा पुन र यमन फगामी रहको ४० सदस्यीय प्रारम्भिक कमिटि गठन गरिएको जिल्ला सदस्य सुबिन बिश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका सचिव एबँ म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति साबित्री केसीले क्याम्पसमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीलाई १० प्रतिशत छात्रबृत्तिको ब्यबस्था गर्न पहल गरेको बताउनुभयो । उहाँले म्याग्दी बहुमुखी क्याम्पसलाई गरिव तथा किसानका छोराछोरीले अध्ययन गर्ने क्याम्पस बनाउनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला कमिटिका सचिवालय सदस्य समिर रोकाले अबको बिद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्ने भन्दै बिद्यार्थीलाई प्रत्यक्ष लाभ हुने गरि फरक सोचका साथ नेतृत्व गर्नुपर्ने बताउनुभयो । जिल्ला कमिटि सचिवालय सदस्य मिलन खत्री र भरत मल्ल ठकुरीले सम्पुर्ण बिद्यार्थीहरु अनेरास्ववियुमा आबद्ध भई बिद्यार्थी आन्दोलमा महत्वपूर्ण भूमिका निभाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला सदस्यहरु सुविन बिक, मलिन बिक, अमृत पुरी लगाएतको उपस्थिति रहेको थियो । जिल्लाका माबी तथा उच्च माबीहरुमा संगठन बिस्तार तथा सुदृढिकरणका लागि जिम्मेवारी बाँडफाँड गरि जिल्ला कमिटि सदस्यहरुलाई परिचालन गरिएको अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एबँ जिल्ला अध्यक्ष सुवास बिश्वकर्माले बताउनुभयो ।

You can share this post!

अहिलेको एमाले नेकपाकै विरासत हो ओली

बेनीमा तोरन्ल गोल्डकप सुरु

Related posts