भैँसी र मौरी पालेर मासिक एक लाख आम्दानी

साधना पन्त, उमेरले ५७ वर्ष पुगेका रघुनाथ पौडेलको जोस जागर कम भएको छैन् । बिहान ४ बजे उठेर गाई भैसीको स्यहार सुसार गरी दुध दुहुने र ग्राहकको घर–घर पु¥याउने काम गर्नुहुन्छ जैमिनी नगरपालिका–८ छिस्तीका पौडेल ।

जिवनको अधिकाम्स समय व्यवसायीक रुपमा कृषी पेशामा लागेता पनि अहिले सम्म कुनै अनुदान नपाएको पौडेल बताउनुहुन्छ । १८ लाखको लगानीमा गाई भैसी र मौरी बाट मासिक एक लाख भन्दा बढी आम्दानी हुने पौडेल बताउनुभयो । “बिहान बाट राती ८ बजे सम्म काममै व्यस्त हुन्छु, व्यावसायीक रुपमा गाई भैसी पाल्न लागेको धेरै भयो दैनिक ४० लिटर दुध विक्री गरी गाउँमै मनाग्य आम्दानी हुन्छ, गाई भैसी संगै मौरी पालन पनि गरेको छु ।” पौडेल भन्नुहुन्छ ।

गाउँमै पहिलो पटक लघु जलविधुत आयोजना सुरु गरेर गाउँलाई उज्यालो बनाएर आफ्नो घर चलाएका पौडेलको सामुदायीक जलविद्युत आएपछि पौडेलको व्यवसाय ठप्प भएको बताउनुभयो । “रोजीरोटी सामुदायीक जलविद्युत आएपछि गुम्यो तर हिम्मत गुमने त्यसैले आफ्नै व्यवसाय शुरु गरेको हुँ” पौडेलले भन्नुभयो “परिवार पाल्ने चुनौती त थियो, विकल्प खोज्दै जाँदा पशुपालन र मौरीपालन गर्ने सोच आयो आफ्नै पेसा भएपछि केही कुराको डर भएन ।”

पौडेललाई के गरेर घर चलाई परिवार पाल्ने भन्ने मनमा खेलेपछि गाउँमै व्यावसायीक रुपमा भैसी पालन गर्ने सोच पलाए पनि साना किसान कृषि सहकारीबाट पशुपालन कर्जा भनी रु। ८ लाख लिएर २०५० सालबाट व्यावसायीक रुपमा पशुपालन गरेका पौडेल अहिले आफु सन्तुष्ट भएको बताउनुहुन्छ ।

मुर्रा र स्थानीय प्रजातिका गरी ९ वटा माऊ भैँसी र ९ पाडापाडी गरि १८ वटा भैँसी पालेर गाउँमै दुध विक्री गरेको पौडेल बताउनुहुन्छ । पौडेल भन्नुहुन्छ “गाउँ भएता पनि आजकल धेरै मानिसहरु दुख गर्न छाडेकै कारणले गाउँम कृषि गर्ने मानिसलाई बजारको अभाव छैन्, दुध लिनका लागि धेरै जसो मानिसहरु घरमै आउने गरेकाले दुध सवैलाई पुराउनै कठिन भएको छ ।” १ लिटरको ८० रुपैयाँमा दुध विक्री गर्ने गरेको पौडेलले बताउनुभयो ।

सिजनको बेला दुध सवैको घरमा भएता पनि बेमौसमी सिजनमा दुध पुराउनै गाहारो हुने पौडेलले बताउनुभयो । पौडेल भन्नुहुन्छ–“घरमा श्रीमती, छोेरा र बुहारीले काममा सहयोग गरेका छन्, छोरा २७ वर्षको भयो बिदेश जान्छु कहिलै भन्दैन्, गाउँमै केही गर्नुपर्दछ भन्छ र मलाई बिहानै उठेर काममा सहयोग गर्दछ ।”

मौरी ३० घार छन्, वर्षको ३ सिजन मह निकाल्ने गर्दछौ । एक किलो महलाई १५ सय रुपैयमा गाउँमै बिक्री हुन्छ, म र मेरो परिवारलाई पैसा कमाउनकै लागी भनेर विदेशीनु परेको छैन् । पौडेलले पालन मात्र नभएर १३ हल लाग्ने खेतमा खेती पनी गर्ने गर्नुभएको छ ।
आगमी दिनमा गाउँलेलाई पुग्ने गरी भैसी पाल्ने र गाउँमै युवाहरुलाई रोजगार दिने योजना बनाएको पौडेलले बताउनुभयो ।

You can share this post!

 जेसिजको अध्यक्षमा खत्री

म्याग्दी होटल व्यवसायी संघको अध्यक्षमा आचार्य चयन

Related posts