एनआरएनए एसिया संयोजकमा दक्षिण कोरीयाबाट बिनोद कुँवरको उम्मेदवारी

गैह्र आवसिय नेपालिहरुको साझा संगठन एनआरएनए एसिया संयोजक पदमा दक्षिण कोरीयाबाट बिनोद कुँवरले उम्मेदवारी दिनु भएको छ । गैरआवसिय नेपाली संघको आसन्न दशौँ केन्द्रिय महाधिवेशनका लागी एसिया प्रशान्त क्षत्रिय संयोजक पदमा बिनोद कुँवरले उम्मेदवारी दिनुभएको हो ।
रोगजारी तथा व्यवसायीक विभिन्न शिलशिलमा नेपाल छाडेर प्रवासमा रहेका नेपालीहरुको हितको क्षेत्रमा काम गर्ने उद्देश्यले आफुले एनआरएनए एसिया संयोजक पदमा उम्मेदवारी दिएको कुँवरले बताउनु भयो । उहाँले संस्थागत सबलिकरणको माध्यमबाट सञ्जाल विस्तार गर्दै समावेशी र पारदर्शी संस्था निर्माण गर्न, सुरक्षित मर्यादित एवम् व्यवस्थित वैदेशिक रोजगारीको वातावरण मिलाउन, समृद्ध नेपालका लागी ज्ञान सिप र प्रविधि हस्तान्तरणको वातावरण बनाई सुखी नेपाली बनाउन तथा स्थानिय उद्यमशिलता प्रवर्द्धन र स्थानिय स्तरमै रोजगारीको सृजना गर्ने उद्देश्य राखेर आफुले उम्मेदवारी दिएको बताउनु भयो ।
एसियाली देशहरुमा उल्लेख्य रुपमा विभिन्न सिलसिलामा नेपालीहरु पुगेकोले त्यहाँको विकास, निति नियम, जिवनशैली लगायतका कुराहरु प्रत्यक्ष देख्ने अवसर पाएको अवस्थामा त्यही सिको गर्दै नेपालमा समेत तिब्र विकास गर्न सकिने संभावना सेतु बन्न आफुले उम्मेदवारी दिएको उहाँको भनाइ रहेको छ ।
गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद दक्षिण कोरियाको दुइ कार्यकाल सम्म अध्यक्ष हुनु भएका कुँवरले यसअघि एसिया क्षत्र उपसंयोजकको रुपमा समेत रहेर काम गरि सक्नुभएको छ । म्याग्दी घर भै दक्षिण कोरियालाइ कार्म थलो बनाउनुभएका कुँवर एनआरएनको स्थापना देखि सक्रिय हुनुहुन्छ । उहाँले अहिले सम्म आफुले एनआरएनएमा राम्रो छवि बनाएको र प्रवासमा रहेका नेपालीहरुको लागी सधैं सहयोग गरीरहेको भन्दै आफुले जित्ने गरी उम्मेदवारी दिएको बताउँदै सबैलाइ आफुलाइ साथसहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।

You can share this post!

पुलाचौरको जनकल्याण माविमा नवआगन्तुक विद्यार्थीको स्वागत तथा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई नगदसहित सम्मान (फोटोफिचर)

"चिनाकोटमा बन्यो पुर्बधार"

Related posts