जिल्ला प्रहरी कार्यालय म्याग्दीद्धारा १२ जना प्रहरी कर्मचारी र म्याग्दीका समाजसेवी सुरत केसी र नारायण जिसी सहित सात जना लाई सम्मान गरीएको छ । ६५ औं प्रहरी सेवा दिवसको अवसरमा म्याग्दीमा कोभिड–१९, रोकथाम तथा विपत उद्धार कार्यमा २४ सै घण्टा खटिएर प्रहरी प्रशासनलाई सहयोग गर्ने रेडक्रस म्याग्दी शाखाका उप–मन्त्री सुरत केसी र गंगा जिसी फाउन्डेसन तथा निमार्ण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीलाई प्रहरीले सम्मान गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धुर्व शर्माले बताउनु भयो ।
त्यसैगरी सम्मानित हुनेहरुमा नेपाल प्रहरीलाई सहयोग गर्ने सहयोगीहरु मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं–२ कोवाङ घर भइ हाल दानामा बसोबास गर्ने ईन्द्र सिंह थकाली, नारच्याङ्गका कृष्ण थजाली सोही स्थानका सपीन पुर्जा, बेनी नगरपालिकाका छबि आचार्य र मंगला गाउँपालिका वडा नंम्बर २ बाबियाचौरका हरी कँडेल लाई प्रहरी कार्यालय म्याग्दीद्धारा सम्मान गरीएको हो ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा निमार्ण हुन लागेको गाउँपालिका स्तरीय प्रहरी कार्यालयको जग्गा दान गर्ने जग्गा दाता तारानाथ शर्मा र विल बहादुर विक लाई पनि कदर पत्रबाट सम्मान गरीएको थियो । त्यसै गरी प्रहरी संगठन भित्रका १२ जना प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरीएको हो । सम्मानित हुने हरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी र प्रहरी नायव उपरीक्षक किरण जंग कुवरले सम्मान गर्नु भएको थियो । धौवलागिरी गाउँपालिकामा परेको विपद् उद्धारमा र कोभिड–१९ रोकथाम नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्नु भएको थियो । त्यसैगरी केसी कोभिड १९ रोक्थामका लागि अग्रपंतिमा बसेर काम गर्दै आउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ अधिकारीले कोभिड–१९ नियन्त्रणका लागि प्रहरीले सफलता पुर्वक कार्य सम्पादन गरी रहेको बताउँदै, जनतालाई सुरक्षीत भएको अनुभुती गराउनु नै प्रमुख जिम्मेवारी भएको बताउनु भयाे । प्रनाउ कुवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव गोरखनाथ सुवेदीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रहरी संगठन म्याग्दीका अध्यक्ष रामकुमार श्रेष्ठले संगठन प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रेसित शुभकामना सन्देश बाचन गर्नु भएको थियो । प्रहरी निरीक्षक धुर्व शर्माको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले गर्नु भएको थियो ।