अब कोरोना नियन्त्रण गर्न स्थानिय विपद् ब्यवस्थापन समिती बलियो हुनु पर्ने

कोरोना भाइरस नियन्त्रण गर्न अब स्थानियतह हरुमा गठन भएको स्थानिय विपद् व्यवस्थापन समिती वलियो भएर लाग्नु पर्ने भएको छ । डिसीसीएमसी म्याग्दीको बेनीमा दशै तिहारको पुर्व सन्ध्यामा बसेको बैठकले स्थानियतहरुमा गठन भएका विपत ब्यवस्थापन समितीहरु बलियो बनाउनु पर्ने नियर्ण गरेको हो । असोज २६ गते मन्त्री परिषद्को बैठको निर्णयमा सरकारले प्रत्यक स्थानियतहमा १५ बेडको आइसोलेसन, वडामा वडामा क्वारेन्टाइन निमार्ण र कोरोना भाइरस नियन्त्रण गर्नका लागि आवस्यक रकम स्थानियतहमा पठाएको बताउँदै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले स्थानिय तहहरुमा गठन भएको विपद् व्यवस्थापन समितीहरु बलियो भएर लाग्नु पर्ने बताउनु भएको हो ।
बैठकले गाउँपालिकामा रहेका टोल टोलमा स्वयम्ं सेवक परिचालन गर्ने निर्णय गरेको छ । टोल टोलमा गठन भएका स्वयमसेवक समितीहरु लाई वडा तथा गाउँपालिकाले अनुगमन गर्ने गरी परीचालन गरीने नर्णय गरीएको हो ।
बैठकले दशै तिहारमा आफ्नो परिवारका सदस्यहरु मात्रै भेला भएर चाडपर्वहरु मनाउन सबै मा अनुरोध गर्ने, स्थानियतह भित्र कोभिडबाट पर्ने असरका बारेमा स्वयमसेवक मार्फत जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकमा स्थानिय तहमा रहेका स्वाथ्यकर्मीको टिमले होेम क्वारेन्टाइनमा, आइसोलेशनमा बसेका ब्यक्तीहरुको स्वाथ्य अवस्थाका बारेमा जानाकारीलिने, विरामी भएमा अस्पतालमा पु¥याउने निर्णय बैठकले गरेको छ । म्याग्दी जिल्लामा संक्रमीत हुन सक्ने संख्याको लेखा जोखा निकालि आश्वयक मात्रामा चाहिने भेन्टीलेटर, आइसीयू कक्ष निमार्ण गर्नका लागी अवाश्यक पहल गरीने भएको छ ।
म्याग्दी जिल्लाको समुदाय स्तरमा भएका केही ब्यक्तीहरुमा तथा सदरमुकाम बेनी नजीकै रहेको पर्वतको जलजला गाउँपालिकामा दैनिक कोरोना संक्रमण पुष्टिको संख्यामा वृद्धि भए लगत्तै जिल्लामा कोरोना नियन्त्रणमा लिनका चुनैति थिपएकाे छ ।

You can share this post!

पिसीआर रीपोर्ट नेगेटिभ आए सँगै म्याग्दीमा आज ७ जना डिस्चार्ज

बागलुङका चन्द्र ढकालद्धारा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता

Related posts