राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपालले नयाँ बर्षको अवसरमा लोक साँस्कृतिक उत्सव राख्ने भएको छ । शुक्रबार सदरमुकाम बेनीमा पत्रकार सम्मेलन गरी तिन दिनको लोक दोहोरी उत्सव राख्न लागेको प्रतिष्ठान म्याग्दीले जनाएको हो । बैशाख १ गते देखि ३ गते सम्म बेनी बजारको खुल्ला मञ्चमा उत्सव राख्ने तयारी गरीएको प्रतिष्ठानका गण्डकी प्रदेशका संगठन विभाग सदस्य दलबहादुर विश्वकर्मा ( अमित) ले जानाकारी दिनु भयो ।
“हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन” भन्ने मुल नाराका साथ लोक दोहोरी कलाकारहरुलाइ संरक्षण प्रर्वधन र अक्षकोष स्थापनार्थ उत्सवको तयारी गरीएको प्रतिष्ठान म्याग्दी शाखाका अध्यक्ष देवेन्द्रबहादुर घिमिरेले बताउनु भयो ।
उत्सव मार्फत म्याग्दी जिल्लामा नै लुकेर रहेका कलाकारहरुको प्रतिभाको प्रस्फुटन हुने उहाँले बताउनु भयो । उत्सवमा पालिका स्तरीय लोक दोहोरी गीत र खुल्ला एकल लोक नृत्य प्रतियोगीता आयोजना गरीएको छ । लोकदोहोरी गित मा प्रथम हुनेलाइ ५० हजार, द्धितिय हुनेलाइ ३० हजार र तितृय हुनेलाइ २० हजार नगद र प्रमाण पत्रले सम्मान गरीने भएको छ । त्यसैगरी उत्कृष्ट गायक र गायिका छनोट गरी तिन तिनहजार पुरस्कार प्रधान गरीने भएको छ । नृत्य तर्फ प्रथम १० हजार, द्धितिय ७ हजार र तितृय हुनेलाइ ४ हजार पुरस्कार व्यवस्था गरीएको प्रतिष्ठान म्याग्दीले जनाएको छ ।