प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना

म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियनले अक्षयकोषको घोषणा गरेको हो । शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो समय योगदान पु¥याएका दुईजनालाई सम्मान गरिएको छ ।

यूनियनले प्रेस युनियन पत्रकारिता पुरस्कारबाट विक्रम बोगटीलाई नगद रु सात हजार रुपैयाँ सहित सम्मान गरेको छ । त्यसैगरि युनियनले कोष अन्तरगत स्थापना गरेको दिवंगत रामगौचन स्मृति प्रेस यूनियन पत्रकारिता पुरस्कारबाट लेखक अजयमिलन श्रेष्ठ सम्मानित हुनुभएको छ । नगद रु ५ हजार ५ सय रुपैयाँ सहित श्रेष्ठ सम्मानित हुनुभएको हो । पुरस्कृतद्वयलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा खम्विर, प्रदेश सभा सदस्य विमला गौचन र युनियनका केन्द्रिय उपाध्यक्ष ऋृषिकान्त पौडेल, महासचिव दिलिप पौडेल, शाखा सभापति राकेश शर्मा लगायतले नगदसहित दोषल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

बेनी दिवंगत ब्यवसायी राम गौचनको स्मृतिमा उहाँको धर्मपत्नी गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएकी विमला गौचनले रु एक लाखको अक्षयकोष स्थापना गर्नका लागि सहयोग गर्नुभएको थियो ।
पुरस्कारबाट सम्मानित हुने बोगटीले करिव एक दशक समय रेडियोकर्मीको रुपमा काम गर्नुभएको थियो । त्यसैगरी श्रेष्ठले छापा संचारमाध्यम लामो समय काम गरेको अनुभव संगालुभएको छ भने लेखकको भूमिकामा सक्रिय हुनुहुन्छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले मूलुकको ब्यवस्था परिवर्तनको क्षेत्रमा पत्रकारिता क्षेत्रले ठुलो योगदान दिएको बताउदै समाज परिवर्तन र जनजिविकाको अवस्था सुधार्न पत्रकारिता केन्द्रित हुनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रिय उपाध्यक्ष पौडेल, महासचिव पौडेल, संविधान सभा सदस्य रेशम बानियाँ, प्रदेशसभा सदस्य गौचन, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, केन्द्रिय सचिव नरहरी सापकोटा, केन्द्रिय सदस्य माया अधिकारी, यूनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, नेपाल ट्रेड यूनियन म्याग्दीका कोमलप्रसाद उपाध्याय, प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानियाँ, प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले मन्तव्य राख्नुभएको थियो ।

सभापति शर्माको अध्यक्षता उपाध्यक्ष धनिलाल गर्वुजाको स्वागत मन्तव्यमा भएको उद्घाटनसत्र कार्यक्रमको संचालन सचिव साधन राम्जाली मगरले गर्नुभएको थियो । अक्षयकोष स्थापना सहयोग गर्ने दाताहरुलाई पनि सम्मानपत्रमार्फत सम्मान गरिएको थियो ।

You can share this post!

लोक दोहोरी प्रतिष्ठान म्याग्दीले अन्तर मावि स्तरीय लोक गीत प्रतियोगिता आयोजना गर्ने

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम

Related posts