कोभिडका विरामी उपचार गर्न रघुगंगा प्रकोप व्यवस्थापन कोषलाई पदम भण्डारीको पचास हजार सहयोग

रघुगंगा गाउँपालिका २ भग्वतीको साजापानीका पदम भण्डारीले रघुगंगा गाउँपालिकामा रहेको प्रकोप व्यवस्थापन कोषलाइ ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नु भएको छ। कोरोना संक्रमण जिल्लामा नियन्त्रण भन्दा बाहीर गए पछि भण्डारीले पालिका भित्रका कोरोना संक्रमणका विरामीको उपचारका लागि कोष मार्फत पालिकालाइ ५० हजार रुपैयाँ सहयोग गर्नु भएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृत सुबेदीले बताउनु भयो ।


पालिकामा रहेका विरामीलाइ उपचार गर्न आवश्यक पर्ने स्वाथ्य सामाग्री खरीद गर्न भन्दै आफुले आर्थिक सहयोग गरेको भण्डारीले बताउनु भयो । भण्डारीले ५० हजार रुपैयाँको चेक पालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृत सुवेदीलाइ, लेखा अधिकृत खगराज सुवेदीको उपस्थितीमा हस्तान्तरण गर्नु भएको थियो ।
उहाँले यस भन्दा अगाडि पनी बेनी अस्पतालमा संक्रमीत विरामीलाइ उपचार गर्ने स्वाथ्यकर्मीले सुरक्षीत तरवले उपचार गरुन र कोरोना लागेका विरामीले राम्रो सँग उपचार पाउन् भन्ने उद्देश्यले १ लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको थियो । भण्डारी सोही गाउँपालिकामा प्रशासन अधिकृतका रुपमा समेत कार्यरत हुनुहुन्छ ।

You can share this post!

रघुगंगामा कोरोना रोकथाम,नियन्त्रण र उपचारमा जुट्न थाल्यो सहयोग

रघुगंगामा जनप्रतिनीधी र ठेकेदारको मिलोमतोमा नितीगत निर्णय गरी कालिगण्डकी नदी दोहान

Related posts