प्रदेश मन्त्री आचार्यको पहलमा केन्द्र सरकारबाट अर्घाखाँचीका यि पालिकाहरुमा परे शिक्षा र खानेपानी योजनाहरु

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारयण आचार्यको पहलमा केन्द्र सरकारबाट अर्घाखाँचीमा शिक्षा तथा खानेपानीको लागि विभिन्न योजनाहरु परेका छन् ।

प्रदेश देखी केन्द्र सरकार सम्म राम्रो पहुँच भएका आचार्यले जिल्लाको विकासका लागि छोटो समयमा बिभिन्न लोकप्रिय कार्यक्रमहरु पार्न सफल नेताका रुपमा चिन्न सकिन्छ ।

यही आउदो आर्थिक बर्षका लागि पनि सन्धिखर्क नगरपलिका वडा न. ६ मा रहेको बिद्याविनय आधारभुत विद्यालय ४ कोठे आर.सी.सी भवन निमार्णको लागी २ करोड, छत्र देव गाउँपालिकामा रहेको सरस्वती मा.वि.को भवन निमार्णका लागि १ करोड ५५ लाख, सोही गाउँपालिकाको मडेलचौर छबगङ्गा खानेपानी आयोजना निर्माणको लागि १ करोड र त्यसैगरी मालारानी गाउँपालिकाको बालशिक्षा माध्यमिक विद्यालय को ४ कोठे आर सी.सी भवन निमार्ण र बराह आधारभूत विद्यालय ४ कोठे आर.सी.सी भवन निमार्णको लागी ८०÷८० लाख रुपैयाँ संघ सरकारबाट बजेट विनियोजन भएको आचार्यको सचिवालयले जनाएको छ ।

केही समय अगाडि मात्रै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्यले छोटो समयमा नै प्रदेश सरकार हुँदै केन्द्रीय सरकार समेत पहुँच बढाएका छन् । केही समय अगाडि आचार्यको पहलमा नै लुम्बिनी प्रदेश सरकार मार्फत जिल्लामा कोरोना महामारी नियन्त्रण गर्नका लागि फ्रन्टलाईनमा बसेर काम गर्नेहरुका लागि ११ किसिमका जनस्वाथ्यका समाग्री समेत जिल्लमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरीएको थियो ।

विकासप्रेमी नेताकोरुपमा चिनिदै आएका आचार्यले आफ्नो काम मार्फत जिल्लाबासीहरुको मन जित्न सफल रहेका छन ।

You can share this post!

राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश इन्चार्जमा म्याग्दीका रावल

खिबाङ्गको खाम्ला भिरबाट लढेका मजदुरको हेलिकप्टर मार्फत उद्धार

Related posts