जग्गा र भवन खाली गरिदिन बेनी नगरपालिकालाई पत्रकार महासंघको पत्राचार

जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मङ्गलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको पत्रकार महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो ।

नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका लागि बेनीको १४१९ कित्ता नम्बरको चार आना जग्गा वार्षिक रु. दश हजार भाडा तिर्नेगरी उपलब्ध गराएको थियो । वि.स. २०७६ सालमा नगरपालिकाले भाडामा दिएको जग्गामा रहेको भवनमा बस्दै आएका व्यक्तिले नछाडेपछि मङ्गलबार बसेको शाखाको बैठकले खाली गरिदिन अनुरोध गर्दै पत्राचार गर्ने निर्णय गरेको थियो ।

महासंघले भाडा तिर्दै आएको भवन प्रयोग गर्ने वातावरण बनाउन अनुरोध गरिएको शाखा अध्यक्ष पौडेलले जानकारी दिए । खाद्य संस्थानबाट जग्गा किनेका व्यक्तिले नगरपालिकालाई उपलब्ध गराएको जग्गामा पत्रकार महासंघको कार्यालय व्यवस्थापनका लागि दुई वर्षअघि भाडामा दिएको थियो । नगरपालिकाले पत्रकार महासंघलाई भाडामा दिएको जग्गामा रहेको भवनमा राजनीतिक संरक्षणको आडमा मंगला गाउँपालिका १ कुहुँकी समीक्षा विश्वकर्मा बस्दै आउनुभएको छ ।

महासंघले बुझाएको पत्र छलफलका लागि नगर कार्यपालिकामा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । भाडा नतिरी नगरपालिकाको भवन कब्जा गरेर बस्नुभएकी विश्वकर्माले नछोड्दा र नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको अवरोधका कारण गण्डकी प्रदेश सरकारले महासंघको भवन निर्माणका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको दशलाख रुपैयाँ बजेट कार्यान्वयनमा समस्या भएको छ ।
प्रहरी, प्रशासन र सुरक्षा निकायकै आँखा अगाडि खुल्ला राजनीतिमा आएको दलले सरकारी र व्यक्तिगत जग्गा तथा भवन कब्जा गर्दा समेत उनीहरु टुलुटुलु हेरेर बसिरहेका छन् ।

You can share this post!

ई-पासपोर्ट जारी हुँदै, यस्ता छन् विशेषता

सहमतिमा कस्तो आउला एमाले नेतृत्व ?

Related posts