प्रेस चौतारी कास्कीको अध्यक्षमा अर्जुन, सचिवमा रञ्जन

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाको आठौं अधिवेशनबाट अर्जुन गिरीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी चुनिएको छ ।शुक्रबार भएको अधिवेशनबाट उपाध्यक्षमा मोतीसागर अधिकारी, उपाध्यक्ष ९महिला० मा बालकुमारी पौडेल ९तारा०, सचिवमा रञ्जन अधिकारी, सह(सचिवमा ईश्वर देवकोटा, सह(सचिव ९महिला० मा उमा आलेमगर र कोषाध्यक्षमा जीवन सुवेदी निर्वाचित भएका छन् ।

३० सदस्यीय कमिटिको २३ जना सदस्यहरुमा पुनम थापामगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, विनिता सुनार, अनिता घिमिरे, अर्पण तिवारी, आशीष पुरी, दीपा पौडेल, अर्जुन थापा ९मगर०, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढामगर, रेजिना कटवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सबिन रेग्मी, रिजन ढुंगाना ९दर्शन०, दीपक अधिकारी, दीपेन्द्र शाही, निरज बसौला र शिव बोहरा छन् ।

यसअघि, अधिवेशनको उद्घाटन नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले गरेका थिए । उद्घाटन समारोहमा पूर्व मुख्यमन्त्री गुरुङसँगै नेकपा एमाले गण्डकी प्रदेश संयोजक किरण गुरुङ, सचिव जगत विश्वकर्मा, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, जिल्ला कमिटि कास्की उपाध्यक्ष मनबहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

You can share this post!

शनिबार एकैदिन वडा अधिबेशनको तयारीमा माओवादी केन्द्र

नेपाली काँग्रेस म्याग्दीको उपसभापति मा श्रेष्ठ र भण्डारी बिजयी

Related posts