मराङको बुलमा गाडि पुग्दा स्थानीय हर्षित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ बुलका मन बहादुर जुग्जाली गाउँमा पहिलो पल्ट गाडि आईपुग्दा निकै हर्षित हुनुभयो । ९१ बर्षिय जुग्जालीले सोमबार घरछेउमै मिनी बस आएको देख्दा हर्षले आँसुनै खसाल्नुभयो । उहाँलाई लागेकै थिएन गाउँ सम्म सररर गाडि आइपुग्ला भनेर । जवान छदाँ नुन तथा खाद्यान्न बोक्न महिनौदिन लगाएर बटौली जानेआउने गरेका जुग्जालीलाई अहिले दैलोमानै गाडि आईपुग्दा सपना जस्तै लागिरहेको छ ।

त्यस्तै बुलका युवा तारा जुग्जाली पनि गाउँमा सडक सुविधा पुगेपछि उत्साहित हुनुहुन्छ । मराङ गाउँबाट करिव ३ घण्टाको पैदल यात्रा ४० मिनेटमा टुङ्गीएको छ । गाउँमा कोहि बिरामी पर्दा अथवा गर्भवति महिलालाई समयमै अस्पताल पु¥याउन गाह्रो भएको थियो । अव गाउँमा गाडि गुड्न थालेपछि धेरै सहज हुनेछ, जुग्जालीले भन्नुभयो । साविक मराङ गाविसको बुल जिल्लाको दुर्गम गाउँ मध्यको एक हो ।

मराङको राम्चे देखि जेवाङ हुँदै बुल जोड्ने मोटरबाटोको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बाटोको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले रिवन काटेर उद्घाटन गर्नुभएको हो । सोमबार मोटरबाटो उद्घाटन कार्यक्रममा बुल गाउँपुगेको मिनी बसलाई स्थानीयले भव्य स्वागत गरेका छन । स्थानीयले पहिलो पल्ट बुल गाउँमा आएका बसका चालक श्री प्रसाद पुन र बसलाई फूलमालाले सम्मान गरि खुसियाली मनाएका स्थानीय युवा ईश्वर सुवेदीले जानकारी दिनुभयो । स्थानीयले बाटो खन्ने सगरमाथा विल्डर्स एण्ड सप्लायर्स प्रालीका डोजर चालक पुस्कर खड्कालाई पनि फूलमाला र अविर लगाई सम्मान गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको तर्फबाट बुलमा मोटरबाटो पु¥याउने, स्वास्थ्य ईकाईको स्थापना गर्ने, बिजुली बत्तिको व्यवस्थापन गर्ने लगायतका बिकासका काम भएको बताउनुभयो । ‘मेरो एउटा सपना थियो मेरो कार्यकालमा वुलमा मोटरबाटो पु¥याउने त्यो लक्ष आज पुरा भएको छ’ अध्यक्ष पुनले भन्नुभयो, “अवको योजना बुलमा केन्द्रिय प्रसारण लाईन बिस्तार गर्ने र बुल देखि मलम्पार, मल्कावाङ जोड्ने सडकको ट्रयाक खोली रिङरोड तयार गर्ने रहेको छ” । हाल बुलमा छिमेकी गाउँ मल्कवाङ संगको सहकार्यमा बिजुली उत्पादन गरि बालिएको छ । सो बिजुली बत्ति गाउसम्म ल्याउनका लागि पालिकाले २६ लाख बजेट उपलब्ध गराएको थियो ।

सडकको पहुँच पुगेपछि गाउँमा सिप र कला प्रयोग गरि निर्माण गरिएका सामग्रीहरु तथा कृषि, पशु लगायतका क्षेत्रमा उत्पादित बस्तुहरुलाई निर्यात गरि लाभ लिन पनि अध्यक्ष पुनले बुलबासीलाई आग्रह गर्नुभयो । वडा अध्यक्ष राजाराम सुवेदीले सडकको स्तरउन्नति र दिगोपनामा ध्यान दिन बर्तमान उपभोक्ता समिति तथा स्थानीयलाई अनुरोध गर्नुभयो । उहाँले बर्षाको समयमा सामान्य भलहरु तर्काउने देखि लिएर खाल्डाखुल्डीहरुलाई व्यवस्थित गर्ने कार्यमा पनि स्थानीय सक्रिय हुन आवश्यक रहेको बताउनुभयो ।

राम्चेदेखि बुल सम्मको सडक दुई आर्थिक बर्षमा करिव ५० लाखको लागतमा खनिएको हो । गत आर्थिक बर्षमा माननीय भूपेन्द्र थापाको सांसद बिकास कोषबाट प्राप्त १७ लाख र गाउँपालिकाले बिनियोजन गरेको १० लाख गरि कुल २७ लाख बजेटमा राम्चेदेखि घामताप्ने डाँडासम्मको ट्रयाक खोलिएको उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताउनुभयो ।

त्यस्तै चालु आर्थिक बर्षमा प्रदेश सभा सदस्य नरदेवि पुनको सांसद बिकास कोषबाट प्राप्त रु १० लाख र गाउँपालिकाको रु १२ लाख ५० हजार गरि कुल २२ लाख ५० हजारमा सो ठाउँदेखि बुल सम्म सडक पु¥याईएको अध्यक्ष जुग्जालीले बताउनुभयो । बुल गाउँ सडक सञ्जालमा जोडिएपछि त्यहाँका ६५ भन्दा बढि घरधुरी लाभान्वित भएका छन । त्यसैगरि मलम्पारका स्थानीयहरुलाई समेत सहज भएको छ । बुलबाट धवलागिरी गाउँपालिका ५ मल्म्पार गाउँ करिव आधि घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ ।

कार्यक्रममा राजनैतिकदलहरुको तर्फबाट नेकपा एमाले वडा कमिटी अध्यक्ष ज्ञान बहादुर गर्वुजाले मन्तव्य ब्यक्त गर्नुभएको थियो । मोटरबाटो उद्घाटन समारोह बागेश्वर आधारभूत बिद्यालयका प्रधानाध्यापक थमलाल सुवेदीको स्वागत र स्थानीय युवा ईश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

कांँग्रेसबाट बेनपा–८ मा हिमबहादुर भण्डारी वडा अध्यक्षको उम्मेदवार

माओबादीले किसान बिश्वकर्मालाई बेनपा ८ को वडा अध्यक्षको उम्मेदवार बनाउने

Related posts