त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना आगो निभाउने प्रयास जारी, यात्रुहरू जोखिममा

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सक्रिय रहेको छ । जहाजभित्र रहेका यात्रुहरू जोखिम अवस्थामा देखिएका छन् ।

जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको छ । यसले जहाजको एउटा टुक्रा उछिट्टिएको देखिन्छ ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालित भएका थिए । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

You can share this post!

लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो

सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्य

Related posts