कांँग्रेसबाट बेनपा–८ मा हिमबहादुर भण्डारी वडा अध्यक्षको उम्मेदवार

अगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनकालागि नेपाली काँग्रेसले बेनी नगरपालिका–८ को अध्यक्षमा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ ।

सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपालीकांग्रेस वडा समितिले जनाएको छ ।

गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भण्डारीलाई उम्मेदवार बनाइएपनि सदस्य पदमा भने आकांक्षीहरु धेरै भएकाले निर्णय गरिएको छैन ।

वडामा सत्ता गठबन्धन बिचको तालमेललाई समेत मध्यनजर गरी वडा सदस्यहरुको पद टुंगो नलगाइएको जनाइएको छ । बेनीनगरका १० वडामा कांग्रेसबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार हुनेमा भण्डारी पहिलो हुनुभएको छ ।

कांग्रेसले सत्ता गठबन्धनको छलफल सँगै सबै वडाबाट उम्मेदवारको नाम टुंगो लगाउनकालागि सर्वसम्मत नभए आकांक्षीको नाम जिल्लामा सिफारिस गर्न निर्देशन दिएको छ ।

You can share this post!

राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय सदस्यमा म्याग्दीबाट सापकोटा र कार्की

मराङको बुलमा गाडि पुग्दा स्थानीय हर्षित

Related posts