दरवाङका स्थानिय युवाहरुले गरे मोटरेवल पुलको सरसफाई

पश्चिम म्याग्दीको मालिका गाउँपालिका दरवाङका युवाहरुले मोटरेवल पुलको सरफाई गरेका छन् । स्थानिय युवाहरु मिलन सुबेदी, जोन तुलाचन, अनिल शेरचन र तुलनारायण पुनको नेतृत्वमा म्याग्दी खोला माथि रहेको मोटरेवल पुलमा थुप्रिएकाे हिलो सहितको माटो हटाएर सरसफाई गरेको मिलन सुबेदीले जानाकारी दिनुभयो ।

पुलमा माटो भरिएपछि पुलमाथि नै पानि जम्ने , पैदलयात्रुहरु हिड्दाँ गाडिले हिलाम्मे बनाउने र हिड्न गाह्रो हुने भए पछि युवाहरु मिलेर पुलको सरसफाई गरेको सुबेदीले बताउनु भयो । साथै पुलमाथि बगेर आउने पानि रोक्नका लागि समेत युवाहरुकै लागतमा नाली समेत निमार्ण गरेको सुबेदीले बताउनु भयो ।
उक्त मोटरेवल पुलबाटको प्रयोग गरि मलिका गाउँपालिका–१ निस्कोट, ५– देविस्थान का साथै धौवलागिरी गाउँपालिकाको केन्द्र मुना, ताकम, धारापानि लगाएतका ग्रामीड भेगका बासिन्दाहरु आवतजावत गर्ने गरेको स्थानिय युवा सुनील गौतमले जानाकारी दिनु भयो ।

You can share this post!

भकिम्लीको दुधेखोला नजिकै अवस्थित कोप्रे झरनामा आन्तरिक पर्यटकहरुका चहलपहल

पर्वतमा एकै दिन दुई स्थानमा चितुवाद्धारा आक्रमण ः लेखफाँटमा एकै परिवारका दुई भाई र भुक देउरालिमा एक जना घाईते

Related posts