हिउँले ढाक्यो म्याग्दीका गाउँबस्तीः कृषकहरु उत्साहित

म्याग्दी । मंगलबार राति देखि परेको बर्षा संगै बुधबार बिहान देखि म्याग्दीको अधिकांश बस्तीहरुमा हिउँ परेको छ । डाँडाकाँडाहरु सवै हिउँले ढाकेपछि ग्रामिण बस्तीहरु सुन्दर देखिएका छन ।

सधैजसो धेरै टाढाको हिमालमा हिउँ हेर्दै रमाउनेहरु यो वेला गाउँमै हिउँ परेपछि साना बालबच्चा देखि युवा युवतीहरु पानीको कुनै प्रवाह नगरि हिउँ खेल्न घर बाहिर निस्किएका छन । जिल्लाको पर्यटकीय स्थल टोड्केमा हिउँ खेल्नका लागि बिभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु त्यहाँ पुगेका छन ।

पानी संगै भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । सदरमुकाम बेनी बजार लगाएतका क्षेत्रमा स्थानीयहरु समुहमा आगो तापेर बसेका देखिन्छन । स्थानीय सडकहरुमा सवारी गुड्न सकेका छैनन । हिउँले यातायात सेवालाई प्रभावित बनाएको छ ।

अन्नपूर्ण गाउँपालिका ८ राम्चेको सडकमा हिउँमा फसेको बोलेरो जिपलाई ट्याक्टरको सहायताले उद्धार गरिएको स्थानीय रवि गर्वुजा पुनले बताउनु भएको छ । धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पालिका क्षेत्रमा हिउँ अझै पनि परिरहेकाले साना बालबच्चा तथा वृद्धवृद्धाहरुलाई चिसो बाट जोगाउन अनुरोध गर्नुभएको छ ।

कृषकहरु उत्साहित

बर्षा संगै हिउँ परेपछि स्थानीय कृषकहरु भने खुसी भएका छन । खेतबारीमा हिउँदे बाली गहुँ, जौँ, उवा, केराउ, आलु, लगाएतका बाली लगाएका किसानहरु पानी र संगै हिउँ परेपछि उत्साहित भएका हुन ।

कार्तिकमा लगाएतको बालीलाई दोस्रो सिचाई दिने समय पौष महिनामा पानी पर्दा सिचाईको सुविधा नभएका किसानलाई फाइदा पुग्ने जिल्ला कृषि बिकास कार्यालय म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो ।

हिउँले हावामा भएको नाइट्रोजन समेटेर जमिनमा ल्याउने हुँदा हिउँदे बाली लगाएका किसानलाई यो अमृत समान हुने ताकमका ब्यबसायीक कृषक नेत्रलाल सुवेदीले बताउनुभयो । ‘कार्तिकमा पानी प¥यो र गहुँ, जौँ, केराउ लगाइयो, सिचाई गर्ने बेला फेरी पानी प¥यो, अनि त्यसैमाथि हिउँ पनि हामी धरै उत्साहित छौँ’ धान ब्लक धौलागिरी गाउँपालिका समितिका सचिव समेत रहनुभएका सुवेदीले भन्नुभयो ।

You can share this post!

म्याग्दी मिडिया सोसाईटीमा आबद्ध पत्रकारहरुको सामुहिक स्वास्थ्य बीमा

रघुगंगा ६ पाखापानीलाई बालश्रममुक्त वडा घोषणा

Related posts