म्याग्दीका ५ जना पत्रकार सम्मानित

म्याग्दी । म्याग्दी जिल्लामा क्रियाशिल ५ जना पत्रकार पुरस्कृत हुनुभएको छ । सोमवार जिल्ला समन्वय समितिले एक कार्यक्रमका विच पत्रकार घनश्याम खड्का, ध्रुवसागर शर्मा, ठाकुर प्रसाद आचार्य, हरिकृष्ण गौतम र कमल खत्रीलाई पुरस्कृत गरेको हो ।

जिल्ला समन्वय समितिमा नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत एवम् पुरानालाई विदाई गर्न आयोजित कार्यक्रममा उहाँहरु पुरस्कृत एवम् सम्मानित हुनुभएको हो ।

पत्रकारहरुलाई नवनिर्वाचित समन्वय प्रमुख राजकुमार थापा, प्रमुख अतिथि प्रदेश सभा सदस्य नरदेवि पुन, नि. समन्वय प्रमुख देवेन्द्र बहादुर कटुवाल लगायतले जनही नगद रु ७ हजार ५ सय सहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गर्नुभएको थियो ।

समितिले बर्षेनी प्रदान गर्ने विकास पत्रकारिता पुरस्कारबाट आर्थिक बर्ष २०७३÷७४ का लागि घनश्याम खड्का, ०७४÷७५ का लागि धु्रवसागर शर्मा, ०७५÷७६ का लागि हरिकृष्ण गौतम, ०७६÷७७ लागि ठाकुर प्रसाद आचार्य र ०७७÷७८ लागि कमल खत्रीलाई छनौट गरि पुरस्कार प्रदान गरिएको जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले बताउनुभयो ।

जिल्लाको विकास, सुशासन, पर्यटन प्रवद्र्धन, शिक्षा लगायतको क्षेत्रमा कलम चलाई अमूल्य योगदान पु¥याएवापत उहाँहरुलाई पुरस्कृत गरिएको सुवेदीले बताउनुभयो । पत्रकार खड्का नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष एवम् कान्तिपुर दैनिकको जिल्ला संवाददाता हुनुहुन्छ ।

शर्मा महासंघको केन्द्रिय पार्षद तथा रासस संवाददाता हुनुहुन्छ । आचार्य महासंघको सल्लाहकार तथा गोरखापत्र दैनिकका आवद्ध हुनुहुन्छ भने गौतम महासंघको उपाध्यक्ष तथा नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ । म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष तथा महासंघको सदस्य खत्री रासस, नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ ।

तत्कालिन जिल्ला विकास समितिले स्थापना गरेको रु ३ लाखको पुरस्कार कोषबाट बर्षेनी १ जना पत्रकारलाई पुरस्कृत गर्ने कार्यविधि बनाईएको थियो । जसअन्तर्गत जिल्लाको पहिलो पुरस्कार पत्रकार सन्तोष गौतमलाई प्रदान गरिएको थियो ।
त्यसपछि देश संघीय संरचनामा गई साविकको जिल्ला विकास समिति जिल्ला समन्वय समिति बनेको र स्थानीय तहको निर्वाचन, कोरोना महामारी लगायतका कारणले पुरस्कार प्रदान गर्न रोकिएको थियो । अवदेखि पुरस्कारलाई बर्षेनी प्रदान गर्ने योजना रहेको जिससले जनाएको छ ।

You can share this post!

मंगला र अन्नपूर्णमा भलिबल संघ गठन

जिसस प्रमुख थापा र उपप्रमुख खत्रीद्वारा पदभार ग्रहण

Related posts