म्याग्दी । जिल्ला भलिबल संघ अन्तरगत मंगला गाउँपालिकास्तरीय समिति गठन भएको छ । आइतबार बावियाचौरमा आयोजित भेलाबाट मुक्तमान केसीको अध्यक्षतामा मंगला भलिबल संघ गठन भएको हो । समितिको उपाध्यक्ष गोविन केसी, सचिव रामु गुरुङ र कोषाध्यक्ष हुमा शेरपुञ्जा रहनुभएको छ ।
त्यसैगरी समितिको सदस्ययहरूमा हरि सिर्पाली, दुर्गा फगामी, प्रविण बुढाथोकी ,जिवन पौडेल, सुमन रोका, सुजन सेन, विरबहादुर घर्ती मगर, बिबेक विक राजु जिसी, सन्दिप केसी, नविन अधिकारी, चोचन फगामी, दिपु तुलाचन, सुवा विश्वकर्मा, सुमित्रा कार्की, प्रविण खत्री, याम भण्डारी रहेको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।
सोही भेलाबाट सल्लाहकारमा वडा नं २ का अध्यक्ष धनबहादुर खाती, चक्रलाल पाण्डे इश्वर कार्की र कुमार शेरपुञ्जालाई चयन गरिएको छ । भेलामा जिल्ला अध्यक्ष तेजेन्द्र बानियाँले राष्ट्रिय खेल भलिबलमा यूवाहरूलाई आकर्षित गराउनका लागि भलिवल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराउने योजना रहेको बताउनुभयो । जिल्लाका खेलाडि र भलिबल खेलको विकासमा भविबल संघ सक्रियताका साथ लागिरहने अध्यक्ष बानियाँको भनाई थियो ।
त्यस्तै जिल्ला भलिबल संघ म्याग्दीले पालिकास्तरमा समिति विस्तारलाई तिब्रता दिने क्रममा भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अन्नपूर्ण गाउँपालिकामा पनि भलिबल संघ गठन भएको छ । आइतवार सम्पन्न भएको भेलाबाट अरुण तिलिजाको अध्यक्षतामा अन्नपूर्ण भलिबल संघ गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा रुकमान तिलिजा, सचिव इच्छा गर्बुजा, कोषाध्यक्ष भगवती पाईजा रहेका छन । त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुनिल विश्वकर्मा, खुम गर्बुजा, अमृत बरुवाल,टिकाराम थापा, दिपेश पुर्जा, फिरोज पुन, नविन फगामी, मेलिना द्धारचन, रविन पुर्जा, चिना थजाली, कासी पुन रहेका छन् । सोही भेलाबाट सल्लाहकारमा वडा नं २ जनप्रतिनिधि विष्णु गर्बुजा र गोविन्द पुन रहेका छन् ।