म्याग्दी । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । अधिवेशनको भोलि (विहिबार) अनेरास्ववियुका केन्द्रिय उपमहासचिव नरेश रोकायले उद्घाटन गर्नुहुने भएको छ ।
माघ १२ । १३ गते जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने कार्यक्रमको प्रचार प्रसार, आर्थिक व्यवस्थापन, अतिथि स्वागत तथा सत्कार, हल व्यवस्थापन, छपाई, प्रतिनिधि व्यवस्थापन लगायतका सवै तयारी पुरा भएको जिल्ला संयोजक दर्पण रोकाले बताउनुभयो ।
अधिवेशनमा जिल्लाका ३४ भन्दा बढि विद्यालयहरुबाट करिव ३०० जना विद्यार्थीहरु प्रतिनिधि तथा परिवेक्षकको रुपमा सहभागी हुने रोकाले बताउनुभयो ।
अधिवेशनले जिल्लाका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सर्वसहमतिमै नेतृत्व चयन गर्ने गरि तयारी गरिएको जिल्ला ईन्चार्ज सुवास विश्वकर्माले बताउनुभयो ।