कक्षा १२ को मंगलबारदेखि परिक्षा सञ्चालन, अनेरास्ववियू म्याग्दीद्धारा विद्यार्थी सहायता कक्ष निमार्ण

कोभिड–१९ को सन्त्रासका कारण स्थगित कक्षा १२ को परीक्षा मङ्गलबारबाट शुरु भएको छ । शुरु भएको परिक्षा केन्द्रमा नेकपा निकट विद्यार्थिहरुको संगठन अनेरास्ववियू म्याग्दीले स्वास्थ्य सामाग्री उपलब्ध गराउनका साथै विद्यार्थी सहायता कक्ष निमार्ण गरेको छ । कोरोना प्रतिकार्यको सुरक्षाका मापदण्ड अपनाउँदै मंगलवार बाट परीक्षा शुरु भएको हो ।


जिल्ला भरका २३ वटा परिक्षा केन्द्रमा परिक्षार्थीलाइ सहजताको निम्ति ५० लिटर सेनिटाइजर र ५ हजार माक्स वितरण सहित केन्द्रमा विद्यार्थी सहायता कक्ष स्थापना गरीएको अनेरास्ववियू म्याग्दीका संयोजक सुबास विश्वकर्माले बताउनु भयो । विद्यार्थि संख्या बढी भएको परिक्षा केन्द्रमा सहायता कक्ष निमार्ण गरिएको र अन्य केन्द्रमा माक्स र सेनिटाइजर हस्तान्तरण गरीएको संयोजक विश्वकर्माले बताउनु भयो ।

त्यसैगरी विश्वकर्माले ११ को कोचिङ्ग कक्षा २०÷२५ दिन पढाइ भएको तर होस्टेलहरुले पूरा शुल्क लिएको र अनलाइन क्लास सञ्चालन गरि विद्यार्थीबाट मनपरी शुल्क उठाइएको तर शिक्षकलाइ तलव नदिएको निजि बिद्यालयको बिषयलाइ पनि अनेरास्ववियू म्याग्दिले जिल्ला शिक्षा समन्वय इकाइ र नगर शिक्षा समितिलाइ पनि ध्यानाकर्षण गराएको बताउनु भयो । उहाँले सम्बन्धीत क्षेत्रबाट समस्याको हल नभए अनेरास्ववियू म्याग्दीले मैदान उत्री समस्याको हल गर्ने बताउनु भयो ।


बैशाख ८ गतेदेखि शुरु हुनुपर्ने परीक्षा कोरोना कहरका कारण ठीक आठ महिना पछि शुरु भएको छ । कोरोना सन्त्रासका कारण यो बर्ष होम सेन्टरको व्यवस्थापन गरिएको छ । बिहान ८ बजेबाट शुरु भएको परीक्षा साढे एक घण्टा मात्रै चलेको र ४० प्रतिशत अङ्कका लागि मात्र परीक्षा लिन लागेकोले थोरै समय तोकिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

You can share this post!

एसएमई रोगबाट ग्रसीत १३ बर्षीय सियोनालाई तिन लाख ६८ हजार सहयोग

निर्माण व्यवसायी संघ म्याग्दीले पूर्णता पायो

Related posts