म्याग्दीमा ५ जनामा कोरोना संक्रमण

म्याग्दीमा ५ जना ब्यक्तीहरुमा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । संक्रमित पाँचै जना नेपाल बैँक लि। बेनी शाखा का कर्मचारी हुन । कोरोना संग सम्बन्धित लक्षण देखिएपछि उनिहरुको स्वाव संकलन गरि परिक्षणका लागी धौलागिरी अंचल अस्पताल बाग्लुङ पठाइएको थियो ।  सोमबार आएको रिपोर्ट अनुसार उनिहरुमा कोरोना संक्रम पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । संक्रमितहरुलाई होम आइसोलेशनमा राखिएको छ । नेपाल बैँकको बेनी शाखा शिल्ड गरिएको छ ।

You can share this post!

एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीद्वारा पदभारग्रहण

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो) 

Related posts