भोलि देशभरका अदालत बन्द हुने

भोलि आइतबार देशभरका अदालत बन्द हुने भएका छन् ।सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठक ९फूलकोर्ट०ले पूर्व–प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले आज एक विज्ञप्ति निकाल्दै सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व–प्रधानन्यायाधीश शर्माको निधनले देशले एक सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको उल्लेख छ ।पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गत बुधबार निधन भएको थियो ।

You can share this post!

साधारणसभाबाट आगामी बर्षलाई ‘भ्रमण बर्ष’ घोषणा गर्न माग

कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

Related posts