अन्य जिल्ला सरह म्याग्दीलाइ पनि सुविधा हुन्छः मन्त्री गुरुङ

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दी जिल्लाले अन्य जिल्ला सरहको सुविधा पाउने बताउनु भएको छ। उहाँले म्याग्दी जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र ( जिल्लाका ) रुपमा समावेश गर्न प्रदेश सरकार को मन्त्री परिषदको कार्तिक दुई गते बसेको बैठकमा संघिय सरकारलाई सुझाब पाठाएको र निर्णय भए पनि नभए पनि म्याग्दी जिल्लाले अरु जिल्ला सरकाह सुविधा पाउने बताउनु भएको छ।
म्याग्दी जिल्लमा आएको पाढी पहिरोको कारण भएको क्षतीको दुइ दिने स्थलगत अनुगमनमा आउनु भएका मन्त्री पुनले मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा अरु जिल्लासरह म्याग्दी जिल्लाले पनि सुविधा पाउने बताउनु भएको हो ।
उहाँले बाढी पहिरो पिडितको पुन निमार्ण कार्यका लागी कुनै पनि कमी नहुने बताउनु भएको छ । प्रदेश सरकारले जिल्लामा भएको क्षेतीको विवरण जिल्ला प्रशासन कार्यालय मार्फत मागेको बताउँदै क्षती अनुसारको पुन निमार्ण कार्यमा कुनै पनि कमजोरी नहुने बताउनु भएको हो ।
म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत, मंगला, मालिका र धवलागिरि गाउँपालिका का क्षेत्रमा गएको पहिरोको मन्त्री पुनले स्थलगत अवलोकन गर्नु भएको छ । भिरालो पाखोमा पहरा माथि माटो भएको भुभागमा पानी पर्दा माटो लच्कीएर पहिरो गएको बाताउँदै माटोको परिक्षण गरी सुरक्षित स्थानमा वस्तीको स्थानतरण ( पुनःनिमार्ण ) गरिने बताउनु भयो । उहाँले देशभरीका प्रदेशहरु मध्य सबै भन्दा बढी क्षती ग्रस्त प्रदेश गण्डकी प्रदेश रहेको बताउँदै गण्डकी प्रदेश सरकारले गम्भीर भएर पिडितका पक्षमा काम गरीरहेको बताउनु भएको हो ।

You can share this post!

बेनी अस्पतालमा उपचारको लागि आउने विरामीको संख्यामा ह्वात्तै कमी

पोखरामा उपचाररत म्याग्दीका एक कोरोना संक्रमितको मृत्यु

Related posts