प्रचण्डले प्रधानमन्त्रीलाई छिर्के लगाउँदा पार्टी अप्ठ्यारो अवस्थामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण अहिलेको अवस्था आएको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले टिप्पणी गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक खालको सहमति गर्ने र खुमलटार र भैँसेपाटीमा गुटको भेला गरेर सहमति विपरीत अर्को काम गर्ने प्रवृतिका कारण पार्टी अप्ठेरो स्थितिमा पुगेको नेता पोखरेलले बताए । सोमबार उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले अध्यक्ष प्रचण्डको दोहोरो प्रवृतिका कारण अहिलेको स्थितिमा पार्टी आइपुगेको बताए ।
‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँनुहुन्छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ, त्यहाँ कुरा हुन्छ अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउँनुहुन्छ र त्यो योजना यता ल्याउनुहुन्छ । अनि समस्या त खडा हुने भयो,’ उनले भने, ’गर्नु के पर्थ्यो भने दुईवटा अध्यक्षको बीचमा छलफल हुने सहमति हुने, यदि सहमति हुन सकेन भने आ(आफ्नो विश्वासिला साथी दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ । अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसनसम्म पु¥याउने कुरा गरेत हुन्थ्यो । त्यो नगर्नेबित्तिकै बिग्रेको हो ।’
पार्टी एकता गर्दाको समयमा भएको सहमतिको आधारमा रहेर दुवै अध्यक्षले संवाद गरे अहिलेको विवाद अन्त्य हुन सक्ने पनि उनले बताए । पार्टी एकता गर्दाखेरीको आधारमा टेकेर काम गर्नुपर्नेमा गलत ठाउँमा टेक्दाको परिणाम अहिलेको स्थिति रहेको पनि नेता पोखरेलले बताए ।
‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन प¥यो, त्यो आधारमा टेक्नुप¥यो, त्यहाँ टेकेर अगाडि बढ्नु प¥यो । यदि सकारात्मक निष्कर्षमा पु¥याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन,’ उनले भने, ’यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुःखद् परिणाम हुन्छ ।’
अहिले पनि अध्यक्ष प्रचण्डले गुटको भेला गर्ने र प्रधानमन्त्रीसमक्ष दबाब सिर्जना गर्ने हो भने एकीकरणले सार्थकता नपाउने नेता पोखरेलले बताए । उनले भने, ‘अहिले पनि अध्यक्ष पुष्पकमल दाहालले अरुअरु साथीहरूसित सल्लाह गर्दै समीकरण बनाउने र त्यो समीकरणको बलमा यता दबाब सिर्जना गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन् । त्यो उचित हुँदैन । त्यो हानिकारक हुन्छ, त्यसले दुःखद परिणाममा पु¥याउँछ ।’
नेता पोखरेलले अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्ष भएदेखि विवाद झिक्नेबाहेक केही पनि काम गर्न नसकेको समेत बताए । यस्तै, पार्टीको निर्णय नभई प्रधानमन्त्री ओलीले कुनै पनि काम गर्न हुँदैन भन्ने भएकाले पनि समस्या आएको उनले बताए ।
शाभार शिलापत्रबाट

You can share this post!

अनेरास्ववियू म्याग्दीद्धारा कोभिड नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम

विभाग बनाइसकेँ, अरु विषयमा छलफल गर्न तयार छुः देउवा

Related posts