प्रथम सहिद लखन थापा मगरको १४६ औँ स्मृती दिवसमा दीप प्रज्वलन

म्याग्दी । प्रथम सहिद लखन थापाको १४६ औं स्मृती दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा मंगलबार साँझ भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष लोकेश पुनमगरले सहिद थापाको तस्वीरमा माल्याअर्पण र दिपप्रज्वल गर्नुभएको हो ।

विरेन्द्रचोकमा गरिएको दीप प्रज्वलनमा मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापामगर, सहसचिव रमेस फगामी, कोषाध्यक्ष विष्णु रोकामगर र मगर विद्यार्थी संघका अध्यक्ष दर्पण रोका मगर लगायत मगर विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा मंगर संघ जिल्ला समिति म्याग्दीका अध्यक्ष लोकेश पुन मगरले प्रथम सहिदको सम्मान सरकारले गर्न नसकेको बताउनु भयो । उहाँले मगर संघले प्रत्येक बर्ष फागुन २ गते स्मृति दिवस मनाउदै आएको जानकारी गराउदै प्रथम सहिद लखन थापा मगरको स्मृति खोज अनुसन्धान गर्ने प्रतिष्ठान बनाउन सरकारले बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

“सहिद थापामगरको तस्वीर सहिदहरुको सूचिमा पहिलो स्थान राखिनुपर्ने, हरेक सरकारी कार्यालयमा सहिद थापाको तस्विर राख्नुपर्ने र फागुन २ गतेलाई हरेक बर्ष सार्वजनिक विदा दिनुपर्ने मगर संघको माग रहेको छ ।”

दीप प्रज्वलन कार्यक्रमा नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष रोका, सचिव भरत अर्मजा लगायत सदस्यहरुको सहभागिता रहेको थियो । तस्विर धिरन खत्री

You can share this post!

मंगला आमा समुहको अध्यक्षमा टकसरा राना

मुस्ताङबाट पोखरा जार्दै गरेको बस धम्पुमा दुर्घटना

Related posts