म्याग्दी , २८ मंसिर एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीले संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत जिल्लाको शैक्षिक संस्था प्रकाश मा.बिमा मंगलबार प्रारम्भिक कमिटि गठन गरेको छ ।
अनेरास्ववियु केन्दीय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास विश्वकर्माको प्रमुख आतिथ्यतामा शिक्षा शंकाय तर्फ ज्ञानेन्द्र मल्लको अध्यक्षतामा निखिल थापा उपाध्यक्ष, सपना बिश्वकर्मा सचिब, अर्जुन बिश्वकर्मा सह- सचिव, शर्मिला पुन सह- सचिव र अनिशा शाही कोषाध्यक्ष, र ताजिमा पुन सह -कोषाध्यक्ष रहको १०१ सदस्यीय कमिटि गठन गरिएको हो ।
त्यस्तै ब्यवस्थापान शंकाय तर्फ हेमत बिश्वकर्मा को अध्यक्षतामा उपाध्यक्ष धनकुमार बिश्वकर्मा ,सिर्जना केसी , सचिव अभिषेक छिनाल , सहसचिव निकिता खत्रि , रकिता खान , कोषाध्यक्ष र सोबिता कार्की सह कोषाध्यक्ष रहेको १०१ सदस्यीय प्रारम्भिक कमिटि गठन गरिएको जिल्ला सचिवालय सदस्य खुम किसानले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका सचिव एबँ स्वतन्त्र विधार्थी युनियन बहुमुखी क्याम्पसका सह-सचिव मिलन खत्रीले अबको बिद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्ने भन्दै बिद्यार्थीलाई प्रत्यक्ष लाभ हुने गरि फरक सोचका साथ नेतृत्व गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले सबैखाले बिभेदमा बिद्रोह,बिकृती बिसङ्गती विरुद्धमा म अखिल कार्यक्रम जिल्ला भरी संचालन गरिने शिक्षामा रहेको खाडललाई पुर्न सम्पुर्ण विद्यार्थीहरुलाइ अनेरास्ववियु मा गोलबद्द गरि अगाडि बढ्ने साथै हरेक समस्यालाई निराकरण गर्न,शिक्षा स्वास्थ्य र देशको हरेक सिस्टमलाइ परिबर्तन गर्नका निमित्त अखिल बनी प्रगतिशील यात्रामा लम्किन विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
सामाजिक बिकृति र बिसङ्गतिका लागि सचेत नागरिकको भूमिकामा रहेर लड्नका लागि अखिलले यो अभियान सुरु गरेको र म अखिल अभियानलाई सार्थक बनाउनका लागि अखिल प्रत्यक्ष जनताको माझमा पुग्ने र समस्याको बिरुद्धमा आवाज बुलन्द बनाउने पनि उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियु म्याग्दीका अध्यक्ष दर्पण रोकाले बिद्यार्थीको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन अनेरास्ववियुले उल्लेखनिय भूमिका खेल्दै आएको, साथै हरेक क्षेत्रमा अब्बल बिद्यार्थीहरुलाई नै नेतृत्वमा ल्याउने गरि अभियान सुरु गरेको बताउनुभयो । उहाँले अनेरास्ववियु बिद्यार्थीहरुको हकहितमा काम गर्ने पहिलो संगठन भएको दाबि गर्नुभयो ।
अनेरास्ववियुका जिल्ला संयोजक दर्पण रोकाको अध्यक्षता, सचिवालय सदस्य उदय दर्जीको स्वागत र प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा सम्पन्न भएको थियो ।