म्याग्दीको सेदु र साइँलो भाकालाई प्रज्ञा प्रतिष्ठानमा संरक्षित गरिने

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –७ चिमखोलामा गाइने सेदु, पुख्यौली र साइँलो भाकालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा संरक्षित गरिने भएको छ ।

चिम्खोलाको भूमे पूजामा त्यहाँका मगर समुदायले गाउँने परम्परागत सांस्कृतिक महत्व बोकेको उक्त लोकगीतको अभिलेख राख्ने उद्देश्यले शनिवार बेनीमा अडियो रेकर्ड तथा भिडियो छायांकन गरिएको छ ।

लोपउन्पुख रैथाने लोक संस्कृतिको खोज, अनुसन्धान र संरक्षण गर्ने प्रज्ञा–प्रतिष्ठानको अभियान अन्तरगत प्राज्ञपरिषद सदस्य एवम् लोक संगीत विभाग संयोजक वरिष्ठ लोक गायीका हरेदेवि कोईराला म्याग्दी आउनुभई उक्त गीत प्रत्यक्ष रुपमा रेकर्ड गरिएको हो ।

सो अवसरमा उहाँले पश्चिमी संस्कृतिको प्रभावले नेपालका मौलिक रैथाने थुप्रै लोक संस्कृतिहरु दिनानुदिन लोपहुँदै गएको बताउनुभएको छ । ‘पुरना पुस्ता अस्ताउदै जादा हाम्रो पुराना लोक संस्कृतिको बारेमा नयाँ पुस्ता अनविज्ञ छन, भोली यस्ता भाकाहरु सधैँका लागि हराएर जानेछन’ प्राज्ञपरिषद सदस्य कोइरालाले भन्नुभयो, “राष्ट्रको धरोहरको रुपमा रहेका अमूल्य सम्पदा संरक्षण गर्ने राष्ट्रको दायित्व स्वरुप प्रतिष्ठानले अभियान संचालन गरेको छ” ।

प्रतिष्ठानले देशका विभिन्न जिल्लामा पुगेर त्यहाँका लोपोन्मुख लोक गीतहरुको संकलन गरिरहेको छ । कपिलबस्तुमा गाइने मधेसी समुदायको लोक गीत विरहा, गन्धर्व जातिका लोक गीत, लम्जुङको ठाडो भाका, लगायतका लोकभाकाहरुलाई संरक्षित गर्ने काम भईसकेको कोइरालाले बताउनुभएको छ ।

म्याग्दीको चिमखोलको यो संस्कृति महत्वपूर्ण र लोप हुने अवस्थामा रहेकाले पनि प्रतिष्ठानमा सुरक्षित राख्नलाई रेकर्ड गरिएको उहाँले बताउनुभयो । म्याग्दीका अग्रज लोक गायीका धनकुमारी थापा, राधा पुन, डकमाया पाईजा, चन्द्र कुमारी पुन, डेक बहादुर पुन, मेत्र बहादुर पुन, इन्द्र बहादुर बुढा र थप्रसाद थापाले उक्त गीत गाउनुभएको छ ।

प्रत्यक बर्षको चैत महिनाको उजेली मंगलबारका दिन गरिने भुमेपूजामा चिमखोलाका मगरहरुले गाउने गीत हो सेदु । भुमेको पुजा गरिसकेपछि महिला पुरुषले समुहमा गीत गाउँदै भुमेको थान वरिपरि घुम्ने गर्दछन ।

अन्नवाली राम्रो होस र गाउँका सवै जनतालाई शुभ होस भनि विभिन्न देवीदेवताको नाम लिदै सेदु गीत गाउँने चिमखोलाको सांस्कृतिक परम्परा भएको अग्रज गायीका धनकुमारी थापाले बताउनुभयो ।
पुजा सकिएपछि गाउँ तिर झर्दै गर्दा पुख्यौलि र साईलो भाका गाउने चलन रहेको थापाले बताउनुभयो । रेकर्डको कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले व्यवस्थापन गरेको थियो ।

You can share this post!

छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान छन्त्याल निर्वाचित

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

Related posts