मंगलामा एमालेका उम्मेदवार जनताको घरघरमाः योजना सुनाउँदै र भोट माग्दै

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा म्याग्दीको मंगला गाउँपालिकामा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार सतप्रसाद रोका, उपाध्यक्षको उम्मेदवार पेमा अधिकारी लगायत वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले चुनावी अभियानलाई तिव्रता दिएका छन ।

यहि वैशाख ३० गते हुने निर्वाचन नजिकिदै गर्दा मंगलामा एमालेका उम्मेदवारहरु जनताको घरघरमा पुग्ने, आफ्नो योजना सुनाउने, स्थानीयको राय बुझ्ने र भोट माग्ने कार्यलाई तिव्र रुपमा अगाडि बढाएको नेकपा एमाले पालिका कमिटी सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका ग्यारेन्टी सहित नागरिकको सुरक्षा, सामाजिक तथा सांस्कृतिक परिवर्तन, सुशासन, संगै जनताको आवश्यकता र चाहना अनुसारका योजना बोकेर अध्यक्ष र उपाध्यक्षका उम्मेदवार रोका र अधिकारी पालिकाका ५ वटै वडाका प्रत्यक टोल र घरमा पुगी मतदाता संग भोटको अपिल गरिरहनुभएको छ ।

पालिकाका नि. अध्यक्ष समेत रहनुभएका रोकाले जनतासमक्ष समृद्ध मंगला निर्माणका लागि आफ्नो पहिलो कार्यकालमा बाँकी रहेका काम पुरा गर्नका लागि सपना होइन योजना लिएर आएको बताउनुभएको छ । मंगलामा एमालेका उम्मेदवारहरुलाई चुनाव जिताउनका लागि पालिका कमिटी, टोल कमिटी, अनेमसंघ, युवा संघ, लगायत विभिन्न जनवर्गीय संगठनहरु सक्रिताका साथ लागिरहेका छन ।

वडा नम्वर १ मा अध्यक्षका उम्मेदवार एकजित रोका, सहित सदस्यका उम्मेदवारहरु दिल कुमारी खत्री, संगीता किसान, कुमार शेरपुन्जा, नर बहादुर खत्री सहितको टोली कुँहुँ, पुर्णगाउँ, थाइवाङ्ग, लगायत प्रत्यक टोलमा घरदैलो अभियानमा हुनुहुन्छ ।

त्यस्तै वडा नम्वर २ मा अध्यक्षका उम्मेदवार धन बहादुर खाती क्षेत्री, उदस्यका उम्मेदवारहरु जगत पुर्जा, सरस्वति उपाध्याय, तिलकुमारी खत्री, धन कुमारी किसान सहितको टोली बावियाचौर, हिदी, रनवाङ, कोत्रबाङ, सहश्रधारा लगायत प्रत्यक टोलमा पुगी मतदाता भेटघाट तथा भोट माग्ने कार्यलाई तिव्रताका साथ अगाडि बढाइरहेका वडा कमिटी उपसचिव कुमार किसानले जानकारी दिनुभयो ।

वडा नम्वर ३ बरंजामा अध्यक्षका उम्मेदवार कविन्द्र रोका, सदस्यका उम्मेदवार कुल बहादुर थापा, भिम बहादुर रोका, तेजिमाया बिश्वकर्मा र मिना फगामी रोका सहितको टोली पनि सातविसे, ज्यामिरे, खर्क, आर्भाङ, बाहुनपधेरा, खानीगाउँ, लगायतका टोलका घरघरमा पुगी मतदाता संग भोट अपिल गरिरहनु भएको छ ।

त्यस्तै वडा नम्वर ४ बरंजामा पनि अध्यक्षका उम्मेदवार लक्ष्मी बुढाथोकी रोका, सदस्यका उम्मेदवार नर बहादुर चोचाङ्गे पुन, देउ बहादुर फगामी, भुवानी रोका थापा र दिलमाया विश्वकर्माको टोली थर्पुगाउँ, दुर्दी, बुकेनी, थापुङ, महेश लगायतका टोलमा घरदैलो अभियानमा सक्रियताका साथ लागिरहनुभएको जिल्ला कमिटी सदस्य कलाधर कँडेलले जानकारी दिनुभयो ।

वडा नम्वर ५ अर्मनमा अध्यक्षका उम्मेदवार भुपेन्द्र खत्री सहित सदस्यका उम्मेदवार गुप्त बहादुर रोका, दिल बहादुर थापा, भुमिसरा बुढाथोकी र कविता विश्वकर्माको टोली पनि अर्मन, किमचौर, नेटा, गहँते, घारा, सिर्कुम छिस्वाङ, पोक, पिलबोट लगायतका टोलमा पुगी जनता संग भोटको अपिल गर्नुभएको युवा संघका नेता सुजत बुढाथोकीले बताउनुभयो ।

मंगलामा एमालेले अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडा जितेको थियो । । मंगला एमालेको संगठन बलियो भएको पालिका हो । अहिलेपनि पालिका सहित सवै वडा जित्न एमालेले कसरत गरिरहेको छ । यद्यपी नेपाली काँग्रेस र नेकपा माओवादीले पनि मंगलामा संगठन पहिला भन्दा मजवुत बनाएको छ ।

You can share this post!

कसैको मत घटाएर कसैलाई जिताउने गोटी बन्न सकेनौँः अध्यक्ष विश्वकर्मा

जलजलामा गठबन्धनका उम्मेदवारको प्रतिवद्धताः कृषि उपजको बजार सुनिश्चित गछौँ

Related posts