बाहिरी जिल्ला बाट भित्रिनेको संख्या बढे सँगै म्याग्दीमा कोरोनाको जोखिम बढ्यो

म्याग्दीसँगै सिमाना जोडिएका छिमेकी जिल्ला सहित बाहिरी जिल्लाबाट आउने ब्यक्तिहरु बाट जिल्ला भित्र कोभिड–१९ ( कोरोना ) भाइसर संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय काठमाडौं सँग अन्य जिल्लाहरुमा पनि कोरोना संक्रमीत हरुको संख्या दिनहु बढी रहेको बेला चाडपर्व मनाउन काठमाडौं देखि गाउँ गाउँ यात्रुहरु फर्किन थालेका छन् । यो संगै म्याग्दीको ग्रमीण बस्तिमा पनि कोरोना संक्रमणको उच्च जोखीममा परेको जनस्वाथ्य कार्यलय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
हाल सम्म बेनी नगरपालिकामा ३२० जना र गाउँपालिकाहरुमा अन्नपुर्णमा २५५, रघुगंगा २२५, मंगलामा १९५, मालिकामा २२१ र धवलागिरी गाउँपालिकामा १७१ जना गरी बाहिरी जिल्ला बाट विहीबार सम्म १३८७ जना जिल्ला भित्र भित्रिएको होल्डिङ्ग सेन्टरको रेकर्डमा छ । चाडपर्व नजिकीए सँगै दैनिक रुपमा यो संख्यामा सयौंका दरले थपिदै जानथालेको छ । संख्या थपिदै जाँदै गर्दा संक्रमणको जोखिम पनी बढ्दै गएको हो ।
समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन म्याग्दीमा फर अभ्यास गरिएको छ । होल्डिङ सेन्टर निमार्ण गरेर अन्य जिल्ला बाट जिल्ला भित्र भित्रने ब्यत्तीलाई १४ दिन होम क्वारेइन बस्नका लागि भनिएको छ । कोरोना संक्रमण भएका सबै ब्यत्तिहरुमा कोरोना संक्रमणको तत्काल कुनै पनि चिन्ह्र, लक्षण नदेखीने जसले गर्दा उक्त ब्यत्तीहरू आफुलाई केही पनि नभएको महसुश गरि अरु ब्यत्तीहरुको सम्पर्कमा जानु पनि जोखिमको कारण भएको लम्सालले बताउनु भयो ।
प्रहरी प्रशासनले कोरोना संक्रमण रोक्नका लागि विभिन्न किसीमका प्रयासहरु गरिरहेको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिन बाट रोक्नका लागि बाहिरी जिल्ला बाट आउने व्यक्तिहरु नै सुरक्षित हुनु पर्ने प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।

पालिका भित्रको स्थानिय विपत व्यवस्थापन समिती अझै बलियो बनाउनु पर्ने
जिल्ला भित्ररहेका सबै पालिकामा पालिका प्रमुखको नेतृत्वमा स्थानिय विपत व्यवस्थापन समिती कानुनी रुपले नै गठन गरिएको छ । स्थानिय स्तरमा गठन गरिएको विपत व्यवस्थापन समिती लाई संक्रमण रोक्नका लागी अझै प्रभावकारी बनाउनु पर्ने भएको छ । सुरुका दिनहरुमा स्थानिय विपत व्यवस्थापन समिती मार्फत क्वारेन्टाइन निमार्ण गर्ने राहत वितरण गर्ने काम भयो । यो मात्रै नभएर बाहिरी जिल्ला बाट आउनेहरुलाई पनि अनिवार्य रुपमा होम क्वारेन्टाइन राख्नका लागि स्थानिय विपत व्यवस्थापन समिति अझै बलियो र प्रभावकारी हुनु पर्ने नागरीक अगुवा सुदर्शन कुमार श्रेष्ठले बताउनु भयो ।

राजनैतिक दलको होडबाजि जिल्ला लाई घातक हुन सक्ने
जिल्लामा पछिल्लो समय राजनितक दल नेकपा र नेपाली काँग्रेस विच एक पक्षका कार्यकर्ताहरु अर्को पक्षमा प्रवेश गराउने होडबाजी छ । कुन दलका कार्यकर्ता धेरै कसले प्रवेश गराउने जस्ता खालको होडबाजीको कारण म्याग्दीमा कोरोना संक्रमणको जोखिम बढेको छ । यस्ता खालका क्रियाकलाप जिल्लाका निम्ति पनि घातक हुन सक्ने छ । नेकपा र काँग्रेसका नेताहरु कार्यक्रम नै बनाएर गाउँगाउँमा गएका छन् । यसले गर्दा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा परेको छ । सरकारले समाजिक दुरी कायम राख्न, भेला सम्मेलन गर्न निषेध गरेपनि सरकार पक्षको पार्टी नेकपा र प्रमुख प्रतिपक्ष दल काँग्रेस चुनावी अभियान जसरी गाउँगाउँमा कार्यकर्ता तानातान खोसाखोस गरिरहेका छन् । जसकारण जिल्ला कोरोना संक्रमणको उच्च जोखिम मा परेको डिसीसीएमसी म्याग्दीले जनाएको छ ।
पटक पटक राजनैतिक दलहरुलाई भेला, गोष्ठी, सम्मेलन नगर्न अनुरोध गरेका छौं, तै पनि दुवै दलबाट त्यसको कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । दुवै राजनैतीक दल जिल्लाको जिम्मेवार पक्ष हुन्, काठमाडौं बाट रातारात आएर भोलिपल्ट गाउँगाउँमा पार्टीको बैठकको नाममा आमभेला गरी सयौंको सङ्ख्यामा पार्टी प्रवेश गर्ने अभियान सञ्चालन गर्नु, राजनीतक दलको गैह्रजिम्मेवारी पन भएको अधिकारीले बताउनु भयो ।
यसरी जिम्मेवार पक्षबाट नै गैह्र जिम्मेवारी तरिकाले काम भइरहेको र कोरोना नियन्त्रणमा लिन कर्मचारी, प्रसाशन र सुरक्षाकर्मीहरुले मात्रै नसक्ने प्रजिअ अधिकारीले बताउनु भयो । जिम्मेवारी पक्ष बाट नै सामाजिक दुरी कायम समेत नगरी चुनावी अभियानमा जसरी हिड्डुल गर्नाले जिल्ला भित्र कोरोना जोखिम बढेको अधिकारीको भनाइ छ ।

You can share this post!

दग्नामका पहिरो पीडितलाई म्याग्दी कांग्रेसद्धारा राहत वितरण

म्याग्दीकाे देविस्थानकी एक महिलामा काेराेना संक्रमण समुदाय स्तरमा कोरोना संक्रमण भएको हुन सक्ने

Related posts