मंगला आमा समुहको अध्यक्षमा टकसरा राना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका –७ मंगलाघाटमा रहेको मंगला आमा समुहको अध्यक्षमा टकसरा राना मगर चयन हुनुभएको छ ।
आईतवार सम्पन्न आमा समुहको ११ औँ साधारणसभा तथा ५ औ अधिवेशनबाट रानाको अध्यक्षता सर्वसम्मत रुपमा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा तारा छन्त्याल, सचिवमा रेनु पूर्जा, सह सचिवमा देविका बुढा र कोषाध्यक्षमा तिर्सना भण्डारी चयन हुनुभएको हो ।

अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समाज परिवर्तनमा महिला दिदी बहिनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । आमा समुह सक्रिय भएको समाजमा गलत गतिविधिहरु संचालन नभएको पाईएको उहाँले बताउनुभयो ।

मंगला आमा समुह सामाजिक गतिविधिहरुमा समेत सक्रिय रहेको भन्दै उपप्रमुख लामिछानेले आमा समुहले गरेको राम्रो कामको सदैव प्रशंसा हुने र नगरपालिकाबाट पनि सक्दो सहयोग रहने विश्वास दिलाउनुभयो ।

नवनिर्वाचित अध्यक्ष रानाले महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने र विभिन्न सिपमुलक तालिमहरु संचालन गरि महिलाहरुलाई आयआर्जनमा जोड्ने कार्यमा लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।

मंगला आमा समुहको मंगलाघाटमा आफ्नै भवन समेत रहेको छ । कला संस्कृतिको संरक्षण गर्दै महिलाहरुको क्षमता बृद्धिका लागि आमा समुहले निरन्तर गतिविधिहरु संचालन गर्दै आएको छ ।

You can share this post!

गण्डकी मुख्यमन्त्री कपः अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

प्रथम सहिद लखन थापा मगरको १४६ औँ स्मृती दिवसमा दीप प्रज्वलन

Related posts