म्याग्दीको तातोपानी कुण्डमा आजदेखि टिकट बन्द

म्याग्दी । प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका ४ तातोपानीमा अबस्थित तातोपानी कुण्डको टिकट काउन्टर आजदेखि बन्द गरिएको छ ।

म्याग्दी सहित देशका विभिन्न जिल्लाबाट तातोपानी कुण्डमा डुब्नका लागि बिरामीहरु आउने क्रम जारीनै रहेकाले थप जोखिम हुन सक्ने भन्दै टिकट बन्द गरिएको र हाल डुबिरहेकाहरुलाई माघ ८ गते सम्म नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै डुब्न दिइने तातोपानी कुण्ड ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

नयाँ आउने बिरामीहरुका लागि माघ ६ गते (आज) देखिनै कुण्ड प्रवेश गर्न नदिइने र टिकट लिएर हाल डुबिरहेकाहरुलाई माघ ८ गते सम्म मात्र डुब्न दिइने उहाँले बताउनुभयो । माघ ८ गतेदेखि अर्को सूचना जारी नहुँदा सम्मका लागि कुण्ड पूर्ण रुपमा बन्द रहने छ । त्यसपछि कोरोना संक्रमणको अबस्था अनुसार कुण्ड संचालनमा ल्याउन सकिने अध्यक्ष शाक्यले बताउनुभयो ।

कुण्डमा देश तथा बिदेशबाट समेत बिभिन्न नयाँ तथा पुराना रोगका बिरामीहरु उपचारका लागि डुब्ने आउने गर्दछन ।

You can share this post!

मंगला गाउँपालिकामा आज देखि माघ १५ गतेसम्म सवै बिद्यालयहरु बन्द हुने

१२ हजार ३३८ जनामा एकैदिनमा कोरोना संक्रमण पुष्टि

Related posts