म्याग्दी । भोलि देखि सुरु हुने नेकपा एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशनको तयारी करिव अन्तिम चरणमा पुगेको छ । वडा, वडाबाट छनौट भएका प्रतिनिधिहरु सदरमुकाम बेनी आउन थालेका छन । ९ बर्ष पछि आयोजना हुन लागेको अधिवेशनले बेग्लै रौनकता थपेको छ ।
राष्ट्रिय युवा संघ म्याग्दी, अनेरास्ववियु, अखिल नेपाल महिला संघ लगाएतका जनवर्गीय संगठनले पनि अधिवेशनलाई सफल पार्नका लागि सहयोग गरिरेहका छन । बेनी बजारमा टुल, ब्यानरहरु टाँगीएका छन । कार्यक्रम उद्घाटन स्थल जिल्ला समन्वय समितिको सभाहलमा पनि आवश्यक ब्यबस्थानका कार्य भइरहेको छ । सवै तयारीको काम अन्तिम चरणमा पुगेको प्रचार प्रसार संयोजक सुरज केसीले बताउनु भएको छ ।
एकता र सहमति नै आजको आवश्यकता भएकाले युवाहरुले सहमति मै नेतृत्व चयन हुनुपर्ने बिचार ब्यक्त गरिरहेका छन । पार्टी अहिले चौतर्फी घेराबन्दीमा रहकाले पनि चुनाव गरेर मनमुटाव सृजना गर्न नहुने नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।
युवाहरुको माग सहमति नै छ त्यसैले सहमतिमै नेतृत्व चयन गर्नुपर्छ भनेर हामीले पार्टीका शिर्ष नेताहरुलाई घच्घचाइरहका छौँ, अध्यक्ष जिसीले भन्नुभयो, “हामी युवा पंक्ति निर्वाचनको पक्षमा छैनौँ”।
अधिवेशनलाई सोहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने गरि सहमतिको लागि विभिन्न छलफलहरु भईरहको सचिवालय कमिटिको बैठकमै रहनुभएका पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
अधिवेशन सफल पार्नका लागि करिव १२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पार्टीका केन्द्रिय सदस्य, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुले नै उक्त खर्चको दायित्व लिने गरि आर्थिक संकलन गरिएको आर्थिक बिभाग प्रमखु प्रमोद श्रेष्ठले बताउनुभयो ।