म्याग्दीका पत्रकार शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा निर्वाचित

म्याग्दी । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका पत्रकार धु्रवसागर शर्मा निर्वाचित हुनुभएको छ ।

आइतवार हेटौडामा सम्पन्न ९ औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै शर्माले ९०५ मत प्राप्त गरि केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जना सदस्यको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।

शर्मा सहित घनश्याम बगालेले ७५३ मत लिएर निर्वाचित हुनुभएको छ भने रेम बहादुर विकले ५५४ मत प्राप्त गरि पराजित बन्नुभएको छ ।
दुई दशक देखि म्याग्दीमा रहेर पत्रकारितामा क्रियाशिल शर्मा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुनुहुन्छ भने प्रेस युनियन म्याग्दीको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

शर्मा राष्ट्रिय समाचार समिति, हिमालय टाइम्स, इमेज टेलिभिजन, थाहा खवर रेडियो, अनलाईन लगायतका सञ्चार माध्ययममा आबद्ध हुनुहुन्छ ।

You can share this post!

ल्याम्हः पुचः को अध्यक्षमा जेनेस श्रेष्ठ

क्यान्सर रोगबाट ग्रसित मञ्जुको उपचारमा आर्थिक अभाव

Related posts