क्यान्सर रोगबाट ग्रसित मञ्जुको उपचारमा आर्थिक अभाव

म्याग्दी । म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नम्वर १ कुहुँ निवासी पुस्कर विक यतिवेला भारतको नयाँ दिल्हीमा हुुनुहुन्छ । जीवन संगीनी मञ्जु लाई स्तन क्यान्सरको समस्या बढ्दै गएपछि उपचारका लागि विक करिव दुई हप्ता अघि दिल्ही स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा पुग्नुभएको हो ।

विदेशको विरानो ठाउँ, विरामी श्रीमति, एक्लै स्याहार सुसारमा खटिरहनुभएका विकलाई फेरी अर्को चिन्ता थपिएको छ, श्रीमतिको उपचारमा लाग्ने ठुलो खर्च कसरी जुटाउने भनेर । दुईबर्षदेखि निरन्तर उपचार गराईरहदा धेरै खर्च भईसकेकोले अव अगाडिको उपचारमा विक परिवारलाई आर्थिक अभाव भएको छ ।

दुई बर्ष अघि स्तनमा क्यान्सर देखापरेपछि मञ्जुको भरतपुर क्यान्सर अस्पतालमा पहिलो शल्याक्रिया सहितको उपचार गरिएको थियो । त्यसयता निरन्तर चेकजाँच र औसधि सेवन गर्दै आउनुभएका ३९ बर्षीय मञ्जु विकलाई दुई महिना अगाडि देखि स्वास्थ्यमा समस्या बढ्दै गएपछि मणिापाल शिक्षण अस्पतालमा जाँच गरिएको थियो ।

शरिरमा क्यान्सरको फैलावट बढ्दै गएको रिपोर्ट देखिएकाले डाक्टरको सल्लाह अनुसार थप उपचारका लागि भारतको नयाँ दिल्ही स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा लगिएको मञ्जुका श्रीमान पुस्कार विकले बताउनुभयो ।

अस्पतालमा किमो थेरापी सहित १२० दिन सम्म नियमित चेकजाँच गर्नु पर्ने र त्यसका लागि करिव २० लाख खर्च लाग्ने भएकाले घरपरिवारबाट थेग्न नसकी आफन्तजन तथा ईष्टमित्रहरु संग आर्थिक सहयोगको अपिल गरिएको विकले बताउनुभयो ।

‘सकेसम्म श्रीमतिको उपचारमा लाग्ने खर्चको व्यवस्थापन आफै गर्छु भन्ने सोचेको थिएँ, यहाँ अस्पतालले करिव २० लाख नेपाली रुपैयाँ खर्च लाग्ने जानकारी गराए संगै एक्लै जोहो गर्न नसक्ने अवस्थामा पुगेँ’, मञ्जुका श्रीमान विकले भन्नुभयो, “मेरो परिवारमा आई परेको असजिलो परिस्थितिमा ईष्टमित्रहरु संग सहयोगको हात फिजाएको छु” ।

मञ्जुको उपचारका लागि स्थानीयस्तरबाट आर्थिक संकलन भईरहेको छ । त्यसैगरि भुपेन्द्र बुढाथोकीको संयोजकत्वमा मञ्जु विक उपचार सहयोग संकलन समिति गठन गरि आर्थिक संकलन अभियान संचालन गर्ने तयारी गरिएको छ ।

देश विदेशमा रहेका जिल्लाबासी तथा नेपालीजनहरुमा सहयोगको अपिल गरिएको छ । मञ्जुको स्तन क्यान्सरको दोस्रो अवस्था भएकाले नियमित उपचारपछि निको हुने चिकित्सकको भनाई छ ।

You can share this post!

म्याग्दीका पत्रकार शर्मा प्रेस युनियनको केन्द्रिय सदस्यमा निर्वाचित

ग्रीन बैंकद्वारा वडामै गएर भत्ता वितरण

Related posts