जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना संक्रमण

पर्वतको उक्तरीभेगमा रहेको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले शनिबार जनप्रतिनिधी, स्वाथ्यकर्मी, सुरक्षाकर्मी गरी ४४ जनाको स्वाब संकलन गरेकोमा अध्यक्ष मल्ल सहित एक प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वाथ्य कार्यालय पर्वतले जनाएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ल सहित एक प्रहरीमा पनि कोरोना पुष्टि भएको हो ।
अध्यक्ष मल्लको हाल पोखरामा रहेको चरक अस्तपालको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अवस्थामा सामान्य रहेको बताइएको छ ।
यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सयय २७ पुगेको छ ।

You can share this post!

देविस्थानमा कन्ट्याक्ट ट्रेसिङमा परेका ७ जना कै पिसिआर रिपोर्ट नेगेटिभ

सांसद सिवाको निधन

Related posts