ग्रीन बैंकद्वारा वडामै गएर भत्ता वितरण

म्याग्दी । बेनीमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले घरमा नै पुगरे बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बेनी नगरपालिका –१० पात्लेखेतमा घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

ग्रीन डेभलपमेन्ट बैंक मार्फत सामाजिक सुरक्षा भक्ता वितरण हुँदै आएको यस वडामा जेष्ठ नागरिकहरुको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गरिएको हो ।

वडा कार्यालय र बैंकको समन्वयमा भत्ता लाभग्राहीहरुलाई पात्लेखेत स्थित वडा कार्यालयबाट भत्ता उपलब्ध गराईएको बैँकका शाखा प्रवन्धक प्रदिप खत्रीले बताउनुभयो ।

बजार पुग्नका लागि खर्च हुने र अशक्त ब्यक्तिहरुलाई समस्या हुने गरेकोले वडाबाट नै भत्ता वितरण गर्न थालिएको वडा अध्यक्ष मस्बिर रोकाले जानकारी दिनुभयो ।

सोमवार भत्ता वितरण गरिएकोमा १७० जनाले लाभ लिएको बैंकका कर्मचारी अनिल पौडेलले जानकारी दिनुभयो ।

You can share this post!

क्यान्सर रोगबाट ग्रसित मञ्जुको उपचारमा आर्थिक अभाव

गाउँपालिका भवन अगाडि फालियो २ हजार सुन्तलाका विरुवा

Related posts