पोखरामा उपचाररत थापालाई उवासंघ बावियाचौरको आर्थिक सहयोग

म्याग्दी । दुर्घटनामा परेर घाइते भएका मंगला गाउँपालिका वडा नं २ बाबियाचौरका व्यवसायी सुरेश थापालाई म्याग्दी उद्योग वाणिज्य संघको मंगला ईकाइले आर्थिक सहयोग गरेको छ ।

बावियाचौर बजारमा कोरोना मोटरसाइकल वर्कशपका सञ्चालक थापाको कार्तिक १८ गते घरमै लडेर मेरुदण्डको हड्डी भाँचिएको थियो । घाईते थापाको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको इकाईका अध्यक्ष चक्रलाल पाण्डे (राजु)ले बताउनुभयो ।

उपचारमा आर्थिक अभाव भएपछि म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईले बाबियाचौरका बासिन्दा र ब्यापारीहरुबाट रु. ७५ हजार संकलन गरि आफन्त यामबहादुर पुनलाई उपलब्ध गराइएको अध्यक्ष पाण्डेको भनाई छ ।

You can share this post!

एमालेको चुनावी सभाः कृषि, जलस्रोत, पर्यटन र पूर्वाधार विकासको प्रतिबद्धता

हिस्तान र राम्चेमा गठबन्धनको आमसभा, ५ बर्षका लागि अन्नपूर्णको विकासको जिम्मा दिन मतदातालाई अपिल

Related posts