अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा खड्का चयन

नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा विनय खड्का चयन हुनुभएको छ । संगठनको शनिवार बेनीमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा युवाराज, सचिबमा राजिन, सहसचिबमा आशिष र कोषाध्यक्षमा दिपा घर्ति मगर लगायत रहनुभएको छ । सदस्यहरुमा सोविता खड्का, सुमित्रा गौतम, सृष्टि रिजाल, विशाल नेपाली,शिब गौतम, सोभिता खड्का, सुजाता आले, रमेश छन्त्याल लगायत रहनुभएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज धु्रव घिमिरे (बिप्लव)ले उद्घाटन गर्नुभएको थियो ।

You can share this post!

दोहोरो शिक्षा प्रणाली नै दलाल पुँजीबादको आधार बन्यो; नेकपा केन्द्रिय सदस्य घिमिरे

आनन्दबगरमा रातको समयमा अवैध बालुवा चोरी गर्नेलाइ प्रहरीले यसरी नियन्त्रणमा लिएको थियो भिडियो सहित

Related posts