गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण, योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार १ सय १२

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका २०, स्याङ्जाका १२, तनहुँका नौ, कास्कीका तीन, गोरखा, लमजुङ र मनाङका एकरएक जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ ।

त्यस्तै, गोरखाका एकजना संक्रमितको काठमाडौंमा मृत्यु भएको छ । गोरखाको बारपाक सुलिकोट( ८ स्थायी ठेगाना भएका ६३ वर्षीया महिलाको सोमबार वीरेन्द्र अस्पताल छाउनीमा मृत्यु भएको हो । उनमा २५ भदौमा कोरोना पुष्टि भएको थियो ।

अस्पतालका अनुसार ती महिला क्यान्सर रोगीसमेत थिइन् । योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

You can share this post!

दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

म्याग्देलीहरुको साथी बन्दै मोना कतार, बाढीपहिरो पिडितहरुका लागि पहिलो चरणमा चाढे चारलाख सहयोग

Related posts