हिमाल आरोही पुर्जा द्वारा दानामा राहत बितरण

१४ वटा हिमश्रृखलाहरुको सफल आरोहण गरि बिश्व किर्तीमान कायम गर्न सफल म्याग्दी स्थायी घर भएका आरोही निर्मल पुर्जाले म्याग्दीको दानाका स्थानीयहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गर्नु भएको छ ।

शनिबार म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाका अति बिपन्न, बाढी पहिरो पिडित, शारिरीक अशक्त, बृद्ध, एकल महिला गरि १६५ घरधुरीलाई रु ४ लाख ५० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरिएको हो । हाल मकालु हिमाल आरोहणको तयारीमा रहेकाले पुर्जा उपस्थित हुन नकेपछि उहाँका दाजु जित बहादुर पुर्जा, भाउजु फुलमाया पुर्जा र बिनेश तामाङ्गले राहत प्रदान गर्नु भएको दाना बाट संचारकर्मी गंगा पुनले जानकारी दिनुभयो ।

राहत प्याकेजमा प्रति परिवार १ बोरा चामल, चार पोका खाने तेल, चार पोका नुन र २ के.जी. दाल रहेको पुनले जानकारी दिनुभयो । राहत बितरण कार्यक्रममा अन्नपुर्ण ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जा, नेकपा एमाले दाना गाउँ कमिटि अध्यक्ष, बुद्धीजिबि रमेश पुर्जा ईलाका प्रहरी कार्यालय दानाका हवल्दार कृष्ण घर्ती लगाएतको बिशेष उपस्थिति रहेको थियो ।

शिक्षक तिलक पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । आरोहि पुर्जाले यस अघि पनि कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका दानाका अति बिपन्न परिवारलाई राहत सामाग्री बितरण गर्नु भएको थियो ।

You can share this post!

पैसा किन्ने र बेच्ने मात्रै सहकारीको काम होइनः अध्यक्ष कार्की

म्याग्दीको दरबाङ्गमा ११६ सदस्यीय राष्ट्रिय युवा संघ गठन

Related posts