जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा कुमार बानियाँ चयन

म्याग्दी । जिल्ला फुटबल संघ म्याग्दीले नयाँ कार्य समिति चयन गरेको छ । कुमार बानियाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
जिल्ला खेलकुद विकास समितिको सभाहलमा शनिबार सम्पन्न संघको अधिवेशनले बानियाँको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सोनिया पुन, सचिवमा निशान गुरुङ, कोषाध्यक्षमा सिद्धार्थ शाक्य हुनुहुन्छ । सदस्यहरूमा विवेक बानियाँ, निशान केसी, तुलनारायण पुन, ईश्वर कार्की, शिव शेरचन, विनोद घर्ती, छवि आचार्य, सुनिल शर्मा र ललिन सापकोटालाई चयन गरिएको निवर्तमान अध्यक्ष दिलिप वुढाथोकीले बताउनुभयो ।

जिल्लाका विभिन्न क्लबका प्रतिनिधिहरुको सहभागिता रहको अधिवेशनमा जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी लगायतको उपस्थित रहेको थियो ।

You can share this post!

म्याग्दीमा तिव्र रुपमा फैलिदै ‘लम्पी स्किन’ रोग, हाल सम्म ७२६ गाईगोरु मरे

स्थापना दिवसमा सनराईज युथ क्लवद्धारा विपन्न परिवारलाई सहयोग

Related posts