मोना अन्तराष्ट्रियको अध्यक्षमा ददिवल खड्का निर्वाचित (फोटो फिचर)

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न भएको मोना अन्तराष्ट्रियको पाँचौं महाधिवेशनबाट जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ घार घर भई हाल जापानमा रहनुभएका खड्का सर्वसहमतिमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षमा उम्मेदवारी दिनुभएका मंगला गाउँपालिका ४ बरंजा हाल नेदरल्याण्ड निवासी मिम पूर्जा र खड्का विच सहमतिको वातावरण सृजना गरि खड्काको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुनले बताउनुभयो ।

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा सुर्जे भट्टचन (पोर्तुगल), ई.नन्द गर्वुजा (युएई), हरि राम्जाली (अष्ट्रेलिया), दिपक कार्की (जापान), किसान जिसी (युके) र महिला उपाध्यक्षमा विष्णु बानियाँ (जापान) रहनुभएको छ ।

त्यस्तै महासचिवमा सुनेश केसी (कोरीया), सचिवमा हिक्मत श्रेष्ठ (अष्ट्रेलिया), निलम कुमार थापा (अमेरीका) महिला सचिवमा संगीता थापा (जापान), कोषाध्यक्षमा नरेन्द्र फगामी (कतार), सहकोषाध्यक्षमा प्रेम छन्त्याल (अमेरिका) यचन हुनुभएको छ ।

युवा संयोजक सचिन श्रेष्ठ (जापान), महिला संयोजक पूर्णीमा पाईजा आशा (हङकङ), महिला उपसंयोजक नैना पुन तिलिजा (बेल्जियम) र क्षेत्रिय संयोजक युरोप दिपु फगामी (पोर्तुगल) निर्वाचित हुनुभएको छ ।

कार्यसमितिका अन्य क्षेत्रिय संयोजक तथा सदस्यहरु भने कार्य समितिको पहिलो वैठकवाट मनोनित गरिने भएको छ । नवनिर्वाचित कार्य समितिलाई संघका संस्थापक अध्यक्ष तथा अध्यक्ष मण्डलका संयोजक प्रकाश पुनले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि खड्काले मोनालाई अघि बढाउन विश्वका थप मुलुकमा संगठन विस्तार गर्ने, विदेशमा कमाएको ज्ञान, सिप र पुँजीलाई जिल्लामा भित्राउने, सवै म्याग्देलीहरुलाई मोनामा गोलवद्ध बनाई एकता र सद्भाव कायम गर्ने, जिल्लाको श्रोत, साधनलाई उपयोग गरि उत्पादन तथा रोजगारी सृजना हुने कार्यहरुमा लगानी गर्न मोनामा आवद्ध म्याग्देलीहरुलाई आव्हान गर्ने लगायतका कार्ययोजना सहितको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

You can share this post!

एनआरएनए अध्यक्ष रविना थापा सम्मानित

समुदायको अगुवाईमा ठडिएको जयन्ती माविको २२ कोठे भवन उद्घाटन

Related posts