पौडी खेल्न जाँदा व्यपत्ता भएका टिकावाङका विक मृत अवस्थामा भेटीए

म्याग्दीको मंगला गाँउपालिका ५ छिस्वाङमा पौडी खेल्न जाँदा  वेत्ता भएका टिकावाङका अन्दाजी १६ बर्षका शंकर विक लाई गोताखोरको टोलिले ३ तिन दिन पछि मृत अवस्थमा उद्धार गरेको छ । छिस्वाङमा धान चुट्न गएका बेला गर्मी भएको भन्दै म्याग्दी खोलामा ३ जना मिलेर पौडि खेल्न जाँदा विक खोलामा नै व्यपत्ता भएका थिए । व्यपत्ता भएका युवाको प्रहरी र स्थानिय वासीन्दाले खोजतलासी गर्दा समेत नभेटीए पछि सशस्त्र प्रहरी वल पोखराबाट गोता खोर टोली झिकाई खोजि कार्य गरीएको थियो । खोजी कर्या गर्दा पौडी खेलेको ठाउँमा नै २० फिट तल गाडिएको अवस्थामा रहेको तलाउवाट विकलाई मृत अवस्थामा उद्धार कार्य गरीएको सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म म्याग्दीका सशस्त्र प्रहरी नायव उपरीक्षक हरी बहादुर गुरुङले बताउनु भयो ।


गहिरो तलाउ भएको र तलाउमा पानि घुम्ने भएका कारण घुमाउनेमा परेर विक पौडी खेल्दा डुवेको हुसक्ने प्रहरीको अनुमान रहेको छ । विकलाई स्थानिय जनप्रतिनिधि, प्रहरी ले खोजतलास गर्दा समेत नभेटीए पछि गाउँपालिकाले गोताखोर टोलि झिकाएर खोजतलास गर्न प्रसाशान कार्यालय सँग समवन्य गरेको र प्रसाशन कार्यालयले गृहमन्त्रालय सँग समन्वय गरी गोताखोर टोलिले उद्धार कार्य गरेको मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले बताउनु भयो ।

You can share this post!

कर्जा तिर्न नसक्दा लकडाउन यतामात्रै दुई हजार भन्दा बढी ऋणी कालोसूचीमा

नेपालमा २ लाख भन्दा बढीमा कोरोना संक्रमण

Related posts