एमाले म्याग्दीको पालिका स्तरीय बैठक शुरु संगठित सदस्यता वितरणको कामलाइ तिब्रता

नेकपा एमाले म्याग्दीले पालिका स्तरीय बैठक शुरु गरेको छ । बैठकले पालिका भित्र रहेका एमाले कार्यकताहरुको संगठीत सदस्यता नविकरण र संगठनलाइ गतिशील बनाउने निर्णय गरेका छन् । सोही अनुसार गत २१ गते बेनी नगरपालिका शुक्रबार धवलागिरी, मंगला र रघुगंगा गाउँपालिकाको भेला सम्पन्न भैसकेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । आज शनिबार अन्नपुर्ण र मालिका गाउँपालिमा पालिका स्तरीय बैठक गरिने छ । पालिका स्तरीय बैठक तथा भेलाले जिल्लाको सम्पुर्ण वडा तहमा संगठानात्मक सदस्यता वितरणको कामलाइ तिब्रता दिने निर्णय गरेको छन् ।


पार्टीको केन्द्रीय निर्देशन अनुसार श्रावण महिना भित्रमा प्रत्यक वडा वडामा संगठानात्म सदस्यता नविकरण तथा वितरण गर्ने छौं जिल्ला अध्यक्ष श्रेष्ठले भन्नु भयो । नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा पार्टी र त्यस पछिको विभाजनका कारण पुर्ववत अवस्थामा रहेको एमालेको संगठन चलायमान हुन नसकेको भन्दै संगठनलाई अब चलाएमान गराउन पार्टीले सदस्यता वितरण देखि संगठन निमार्णको कामलाइ तिब्रता दिएको एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्रबहादुर केसीले बताउनु भयो ।


पालिका तथा वडा स्तरीय पार्टी कमिटी सहित जनबर्गीय तथा भातृ संगठनहरुलाइ समेत चलायमान गराईएको छ । युवासंघ, अनेरास्ववियू, अनेमसंघ, अखिल नेपाल किसान संघ लगायतका जनबर्गीय तथा भातृ संगठनको समेत निमार्ण तथा सदस्यता वितरणको थालनि गरीएको एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

उवासंघ म्याग्दीद्धारा स्थानीयतह, बेनी अस्पताल, पत्रकार महासंघ र बालगृहलाई स्वाथ्य सुरक्षा सामाग्री सहयोग

भुमि समस्या समाधान आयोग खारेजी निर्णय तत्काल सच्चाउन अखिल नेपाल किसान महासंघ म्याग्दीकाे माग

Related posts