कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा,धमाधम उम्मेद्धारी घोषणा

नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी तयारी थालेको थियो । अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच वटा उपसमिति गठन गरी आवश्यक तयारी थालिएको थियो । बेनी स्थित जिल्ला समन्वय समितिको सभा हलमा हुने अधिवेशनमा करिब सात सय प्रतिनिधि सहभागि हुने नेपाली कांग्रेस म्याग्दीले जनाएको छ । यसअघि सम्पन्न ४५ वटा वडाको अधिवेशनबाट करिब सात सय ५० जना क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । बुधबार हुने अधिवेशनबाट आगामी नेतृत्व चयन हुनेछन् ।

अधिवेशनका लागि प्रतिनिधिहरु बेनीमा आउने क्रम जारी छ । अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ । मुलुक संघीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । केन्द्रिय कार्यसमितिले म्याग्दीमा बागलुङका निरञ्जनलाल राज भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आगामी नेतृत्वको लागि उम्मेद्धारी घोषणा गर्ने क्रम सुरु भएको छ । सभापतिमा पदमा वर्तमान सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक सञ्जाल मार्फत उम्मेद्धारी घोषणा गरिसक्नुभएको छ भने अर्का निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको चर्चा चलेपनि आधिकारीक रुपमा भने घोषणा गर्नुभएको छैन् । कांग्रेस म्याग्दीका एक नेताका अनुसार उपसभापति पदमा करिब आधा दर्जनको चर्चा चलेको छ । वर्तमान उपसभापति माधवप्रसाद रेग्मी , सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,वर्तमान सचिव क्याप्टेन मिन बहादुर कार्की,जिल्ला सदस्य केबी भण्डारी ,प्रदेश सभा ‘ख’का निवर्तमान सभापति कमल छन्त्यालले सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेद्धारी घोषणा गर्नुभएको छ ।

उपसभापति पदमा चर्चा चले पनि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका क्याप्टेन डमबहादुर गर्बुजा पुनले आधिकारिक रुपमा घोषणा गर्नुभएको छैन् । उपसभापति पदका आकांक्षी रेग्म्ी ,श्रेष्ठ ,छन्त्याल,कार्की वर्तमान सभापति गर्बुजा पक्षका हुनुहुन्छ । भने भण्डारी र गर्बुजा पुन निवर्तमान सभापति तथा संविधान सभा सदस्य बानियाँ पक्षका हुनुहुन्छ ।

। यसैगरी सचिव पदमा नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुनले सामाजिक सञ्जाल र वर्तमान सहसचिव भरतबहादुर रकालले औपचारिक पत्रकार सम्मेलन गरेर उम्मेद्धारी घोषणा गर्नुभएको छ । भने अजयमिलन श्रेष्ठ र दुर्गाराम सुवेदीको चर्चा चलेपनि आधिकारीक घोषणा गर्नुभएको छैन् । रकाल र पुन सभापति गर्बुजा पक्षका हुनुहुन्छ भने श्रेष्ठ र सुवेदी सभापति पदका लागि आकांक्षी बानियाँ पक्षका हुनुहुन्छ । जिल्ला अधिवेशनका लागि संस्थापन र संस्थापन इतर पक्षका छुट्टा छुट्टाछुट्टै उम्मेद्धारी घोषणा भएपनि सहमतिमा नेतृत्व चयन गर्न छलफललाई तिब्रता दिइएको छ । जिल्ला अधिवेशनले कम्तिमा पाँच वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका जिल्ला अधिवेशनका प्रतिनिधि मध्येबाट जिल्ला कार्यसमितिका लागि उप–सभापति दुई, सचिव दुई र सह–सचिव दुईको निर्वाचन गर्नेछ ।

सभापतिले जिल्ला कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्तावगरी निर्वाचित कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष चयन गर्नेछन् । प्रत्येक गाउँपालिकाबाट कम्तिमा एक महिलासहित दुई जना, नगरपालिकाबाट कम्तिमा एक महिलासहित तीन जना सदस्य प्रत्यक्ष निर्वाचित गर्नेछ । महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट सबै स्थानीय तहबाट जोडेर प्रत्यक्ष निर्वाचित हुनेसदस्य संख्याको दुई तिहाई सदस्य जिल्लाको सम्पूर्ण जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिकआधारमा निर्वाचित गर्नेछ ।

अल्पसंख्यक वा अपाङ्गता भएका व्यक्तिमध्ये एक जना प्रत्यक्ष निर्वाचित गर्नेछ ।सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समानुपातिक समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यकको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी कार्यसमितिको कूल सङ्ख्याको बीस प्रतिशत सदस्य मनोनित गर्नेछ

You can share this post!

गणकको चरम लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

नर्वेलाई हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट

Related posts