लोकप्रिय गायक राम गगनको ‘बाग्लुङ तमान’ पञ्चेबाजा गीत सार्वजनिक (भिडियो सहित)

म्याग्दी । लोकप्रिय लोक तथा दोहोरी गायक राम गगनको मौलिक पञ्चेबाजा गीत ‘बाग्लुङ तमान’ सार्वजनिक भएको छ । गायक गगनको शब्द तथा लय सृजना रहेको गीतमा चर्चित गायिका शान्ती श्री परियार र गायक गगनको स्वर रहेको छ । गीतको भिडियोमा वसन्त विश्वकर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको कथा तथा निर्देशन रहेको भिडियोमा बुद्व थापाको छायांकन रहेको छ ।

गीतको भिडियो राम गगन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा बाग्लुङ र म्याग्दीका गाउँठाउँलाई समावेश गरिएको छ । माया प्रीतिमा आधारित गीतमा मौलिकता झल्काईएकाले लोक संगीतप्रेमी श्रोता दर्शकको माया पाउने अपेक्षा गरेको गायक गगनले बताउनुभयो ।

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका राम गगनले मायाँ पिरती, मिलनबिछोड, यूवापुस्ताको बाध्यता, रोजगारीको खोजीमा विदेशीएको यूवालाई लक्षित गरी गीत पस्किने गरेका छन् । म्याग्दीबाट गीतसंगीतको क्षेत्रमा देखेको सपना पूरा गर्न काठमाण्डौ पुगेका राम गगनका गीत श्रोताले रुचाउने गरेका छन् ।

https://www.youtube.com/watch?v=y-ZANBJR6Ag

‘उसले धोका दिएको नभन्नु अरुले जे भनेनी’ वियोगान्त गीतमा आफ्नो स्वर दिएर ब्यवसायीक रुपमै गायनमा प्रवेश गरेका गगनले ‘हेर्दामा राम्रो बेनीको बजार’,‘घर छोड्दाको रात’, जिन्दगी,‘जाम भो साइली’, ‘संक्रान्ती मेलामा’,‘डिभोर्स’,‘पश्चिम हिडियो’, फेसबुक सहित लोकदोहोरी, सालैजो, मौलिका भाका लगाएतमा ३ दर्जनभन्दा बढी आफ्नै शब्द र स्वरमा गीत बजारमा ल्याएका छन् । गायक गगनले गायएको ‘हेर्दा राम्रो बेनीको बजार सालैजो म्याग्दीकाली तिरैमा बोलको सालैजो भाका निकै नै लोकप्रिय बनेको थियो ।

गामबेसी दोहोरी साँझ काठमाण्डौमा व्यवसायिक रुपमा दोहोरी गाउँदै आएका गायक गगन अहिले मेलामहोत्सवमा समेत ब्यस्त हुन थाल्नुभएको छ । गायनको क्षेत्रमा मलेसिया, बहराइनमा समेतका मुलुकमा पुगेका गायक गगन म्याग्दीमा मेलापर्वमा धेरै बोलाउने गायकको रुपमा पनि पर्नुहुन्छ । म्याग्दी कलाकार संघ काठमाण्डौका महासचिव समेत रहेका राम गगनले काठमाण्डौमा रहेका म्याग्दीका कलाकारहरुलाई संस्थागत गरि विभिन्न अवसरमा सांस्कृतिक कार्यक्रमहरुको व्यवस्थापन समेत गर्दै आउनुभएको छ ।

You can share this post!

उद्योग वाणिज्य संघ धवलागिरी इकाईको अध्यक्षमा तेजेन्द्र थापा

बेनीमा माघ ९ देखि प्रथम म्याग्दी भलिबल कप संचालन हुनेः तयारी अन्तिम चरणमा

Related posts