विद्यार्थीलाई अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौं । सरकारले विद्यार्थीलाई संघीय अस्पतालमा उपचार गर्दा ओपीडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्ने निर्णय गर्नुभएको हो ।

संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा.रोशन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ओपिडी सेवा लिनका लागि विद्यार्थीले आफ्नो परिचयपत्र देखाउनुपर्ने छ ।

You can share this post!

जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु

सुरु भयो बडादसैं, आज जमरा राखिंदै

Related posts