जलजलामा हुक्का र सुर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी छलफल

जलजला । पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखा र जलजला गाउँपालिका अन्तर्गतका होटल ब्यबसायी बिच हुक्का तथा सुर्तिजन्य पदार्थको बिक्रि वितरण बारे अन्तरक्रिया सम्पन्न भएको छ ।

मंगलबार पर्बत बेनीमा पर्बत उद्योग बाणिज्य संघ जलजला उपशाखा द्वारा आयोजना गरिएको अन्तरक्रियामा जलजला गाउँपालिकामा हुक्का प्रयोग र सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा नियन्त्रण र मदिरा नियन्त्रण सम्बन्धमा होटल ब्यबसायी बिच छलफल भएको हो ।

कार्यक्रममा पछिल्लो समयमा हुक्काको प्रयोग अत्यधिक बढ्दै गएको र बालबालिकाहरु यसको प्रयोग बढी गर्ने गरेकोले स्वास्थ्यमा पर्ने प्रतिकुल असरलाई न्यूनीकरण गर्न सरकारले तोकेको मापदण्ड अनुसार बिक्रि वितरण गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी मदिरा वितरण अन्तर्गत प्रष्टिक जन्य रक्सी (करुवा, पानस आदि जस्ता) को बिक्रि बन्द र गर्ने र घरपालुवा (लोकल रक्सीको उत्पादन र बिक्रि बितारनामा निगरानी गर्ने निर्णय गरिएको छ । नियन्त्रण गर्न प्रभावकारी बनाउन सुरक्षाकर्मी, गाउँपालिका र बाणिज्य संगले नियमित अनुगमन गर्ने निर्णय गएको छ ।

स्थानीय उत्पादन डोकोमा बेच्नु परेमा बिहान १० बजे भित्र बेच्ने र सो समय पछी बेच्नु परेमा गाउँ पालिकाले तोकेको स्थानमा मात्र बेच्ने गरि निर्णय गरिएको छ । त्यसैगरी प्रभावाकारी कार्यान्वयनका लागी पहिलो पटक सूचना गर्ने र दोश्रो पटक पनि दोहोर्याएमा जफत गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा उद्योग बाणिज्य संघ जलजला उपशाखाका निबर्तमान अध्यक्ष चित्रलाल रेग्मी, सल्लाहकार संयोजक दिलबहादुर बरुवाल, र सदस्य शेषराज रेग्मीले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचर्यको प्रमुख आतिथ्यता, उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिरा बहादुर जिसीको अध्यक्षता र संचालन संघका महाशाचिव कृष्ण राज सुबेदीले गर्नुभएको थियो ।

यसअघि छिमेकी म्याग्दी जिल्लाको बेनी नगरपालिकाले ब्नागरपालिका क्षेत्रमा हुक्का प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सिमाना जोडिएको जलजलामा गरिएको यस निर्णयले बालबालिकामा बढ्दै गैरहेको हुक्का प्रयोगलाई नियन्त्रण गर्न थप सहयोग पुग्ने बिश्वास लिइएको छ ।

You can share this post!

राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरको अध्यक्षमा सोनिया राई

रत्नेचौरमा निःशुल्क आँखा शिविर

Related posts