म्यादी प्रहरीमा म्याग्दीमा दुईदिनमै ५५१ जनाको आवेदन

म्याग्दी । स्थानीय तह निर्वाचन २०७९ का लागि म्यादी प्रहरीमा म्याग्दीमा हाल सम्म ५५१ जनाले आवेदन दिएका छन ।
निर्वाचनमा सुरक्षाका लागि प्रहरीको संख्या कम हुने भएपछि अस्थायी प्रहरीका रुपमा म्यादी प्रहरीमा चैत ६ गतेदेखि दरखास्त खुलेको थियो । चैत ६ र ७ गते दुई दिनमा गरि म्याग्दीमा उक्त संख्यामा आवेदन दर्ता भएको हो ।

चैत ६ गते ५२ जना महिला र १४६ जना पुरुष गरि १९८ जना र चैत ७ गते ६८ जना महिला र २८५ जना पुरुष गरि ३५३ जनाले म्यादी प्रहरीमा आवेदन दर्ता गराएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

म्यादी प्रहरीमा जिल्लाका बिभिन्न ठाउँबाट आवेदन दिन आएका छन । साधारण लेखपद गर्न सक्ने ब्यक्तिले दरखास्त दिन सक्ने भनिएपनि पल्स टु पास गरेकाहरुले पनि म्यादी प्रहरीमा आवेदन दिएका छन ।

बैदेशिक रोजगारबाट फर्किएकाहरु तथा गाउँमै वेरोजार भई बसेकाहरु धेरै आएका छन । देशभर एक लाखको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेको छ भने म्याग्दीमा मात्रै ११९ वटा मतदान केन्द्रका लागि अर्को सूचना जारी नहुँदा सम्मका लागि ६५३ जना म्यादी प्रहरीको कोटा रहेको छ ।

१८ देखि ५४ बर्ष उमेर समूहका व्यक्तिहरुले म्यादी प्रहरीमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ । विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक कार्य गरेकाहरुलाई छनौट प्रक्रियामा प्राथमिकता दिईने बताईएको छ ।

आवेदन फारम चैत ११ गतेसम्म भर्न सकिने प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ ।

You can share this post!

महिला संघ बेनी नगर समितिको सभापतिमा संगिता श्रेष्ठ

स्नातक तहमा कम्प्यूटर विषयको कक्षा प्रारम्भ

Related posts