ग्यास विस्फोटमा म्याग्दीका केसी सहित ११ जना घाइते केसीकाे चिरायु अस्पतालमा उपचार हुँदै

काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा म्याग्दीका समाज सेवि चन्द्रकुमार केसी सहित ११ जना घाइते भएका छन् ।
स्थानीय निरकुमारी क्षत्रीको चारतले घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा केसी सहति ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताउनु भयो । केसीलाई मनमोहन मेमोरीयल अस्पतालबाट थप उपचारका लागि चिरायु अस्पतालमा सारीएको छ । केसीको दाहिने खुट्टामा चोट लागेको र हाल चिरायु अस्पतालमा केसीकाे खुट्टाको उपचार भईरहेको छ । बाँकी अन्य घाइतेहरुको भने मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको एसपी राठौरले जानकारी दिए ।
ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । केसीको अवस्था हाल खतरा मुक्त छ । म्याग्दीमा बसेर सामाजिक कार्यमा सक्रिय केसी सामाजिक अभियान्ताका रुपमा परिचीत छन् ।

You can share this post!

ताकम बाट पोखरा उपचारका लागि गएका ८६ बर्षका एक वृद्धामा कोरोना पुष्टि

बेनी बजारका एक सहकारी म्यानेजर र अस्पतालमा उपचाररत एकमा कोरोना पुष्टि

Related posts